हवाई नीतिको मस्यौदा मन्त्रीसमक्ष पेश, १५ वर्ष पुराना विमान खरिद नगर्न प्रस्ताव | Khabarhub Khabarhub

हवाई नीतिको मस्यौदा मन्त्रीसमक्ष पेश, १५ वर्ष पुराना विमान खरिद नगर्न प्रस्ताव


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय हवाई नीति परिमार्जन गर्न गठन गरिएको कार्यदलले तयार पारेको मस्यौदा सरकारलाई हस्तान्तरण गरेको छ ।

कार्यदलका संयोजक यज्ञप्रसाद गौतमले संस्कृति पर्यटन तथा नागरिक उड््डयन मन्त्री योगेश भट्टराईलाई ‘राष्ट्रिय हवाई नीति २०७६’ को मस्यौदा बुझाएका हुन् ।

मस्यौदा बुझ्दै मन्त्री भट्टराईले हवाई सुरक्षामा सरकारले कुनै सम्झौता नगर्ने जनाए ।

सरकारले उपभोक्तको हितलाई प्रमुख प्राथमिकतामा राख्ने भन्दै मन्त्री भट्टराईले निजि क्षेत्रलाई हवाई क्षेत्रमा प्रोत्साहन गरिने उल्लेख गरे ।
हवाई नीतिमा १५ वर्ष पुराना र ३५ हजार साइकल पूरा गरेका विमान खरिद गर्न नपाइने व्यवस्था छ ।

५ वर्ष भन्दा कमका जहाज खरिदमा सरकारले सहुलियत दिने व्यवस्था समेत हवाई नीतिको मस्यौदामा उल्लेख गरिएको छ ।

हवाई उड्डयनलाई स्तरीय बनाउनका लागि करिब आधा दर्जन विधेयकहरु ल्याउन लागिएको समेत मन्त्री भट्टराईले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ९ : १६ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ