समग्र नेपालको वास्तविक तस्वीर झल्किने गरी ०७८ को जनगणना गर्न विज्ञहरुको सुझाव | Khabarhub Khabarhub

समग्र नेपालको वास्तविक तस्वीर झल्किने गरी ०७८ को जनगणना गर्न विज्ञहरुको सुझाव


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ संविधान जारी भएपछि पहिलो पटक आगामी २०७८ सालमा नेपालमा राष्ट्रिय जनगणना हुँदैछ । केन्द्रीय तथ्यांक विभागले  तयारी तीव्र बनाइरहेका बेला विज्ञहरुले समग्र नेपालको वास्तविक तस्वीर झल्किने गरी जनगणना गर्न सुझाव दिएका छन् ।

खबरहबले राजधानीको दरबारमार्गस्थित पेभेलियन हलमा आयोजना गरेको ‘१२ औं राष्ट्रिय जनगणना’ विषयक अन्तरक्रियामा विज्ञहरुले संघीयता कार्यान्वयनका लागि आगामी जनगणना महत्वपूर्ण हुने धारणा राखे ।

‘१२ औं राष्ट्रिय जनगणना’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरु

कार्यक्रममा केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नवीनलाल श्रेष्ठले यो पटकको जनगणना विशेष र पृथक हुने बताए । उनले यो जनागणनाले स्थानीयतहको आर्थिक एवं सामाजिक अन्तरको चित्रण गर्दै समुदायको मागको पहिचान गर्न सहयोग हुने बताए ।

‘यसले नयाँ संविधानको भावनाअनुरुप मुलुकमा संघीयता कार्यान्वयन गर्न सहयोग गर्नेछ ।’ महानिर्देशक श्रेष्ठले भने, ‘जनगणनाले सामाजिक जीवन पद्धतिको यथार्थ चित्रण गरी संघीय, प्रान्तीय र स्थानीय सरकारलाई सोही अनुसार विकासका काम गर्न सहयोग गर्नेछ ।’

‘१२ औं राष्ट्रिय जनगणना’ विषयक अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नवीनलाल श्रेष्ठ

उनले तथ्यांक विभागले तथ्यांक संकलनलाई प्रभावकारी बनाउनका नयाँ प्रविधिको प्रयोग गर्ने समेत जानकारी दिए ।

जनगणना क्षेत्रको नक्सा तयार पार्ने काम भइरहेको भन्दै उनले यसको प्रयोगले जनगणनामा हुने त्रुटी न्यूनीकरण गर्न सहयोग पुग्ने समेत बताए ।

‘१२ औं राष्ट्रिय जनगणना’ विषयक अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे

कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले यसअघि अधिकांश मानिसहरुलाई कृषि पेशामा वर्गाीकृत गर्दा भ्रम पैदा भएको भन्दै यसपटक भने पेशागत आधारमा जनसंख्याको वर्गीकरण गर्दा ध्यान दिइनुपर्ने बनाए ।

पूर्वमन्त्री पाण्डेले कृषिबाहेक अरु पेशालाई पनि प्राथमिकता दिन तथ्यांक विभागसमक्ष आग्रह गरे । उनले यसपटकको जनगणनामा विदेशमा रहेका नेपालीहरुलाई पनि समेट्दा धेरै राजनीतिक मुद्दाहरु सम्बोधन हुने तर्क गरे ।

‘१२ औं राष्ट्रिय जनगणना’ विषयक अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै सांसद रामकुमारी झाक्री

कार्यक्रममा सांसद रामकुमारी झाँक्रीले केन्द्रीय तथ्यांक विभागले जनगणना गर्नुअघि केही सैद्धान्तिक विषयमा ध्यान दिनुपर्ने बताइन् ।
‘लामो प्रक्रिया भएकाले यस विषयमा अझ बहसको आवश्यकता छ ।’ उनले भनिन् ।

अर्का सांसद् रामबाबु कुमार यादवले केन्द्रीय तथ्यांक विभागले कृषि पेशालाई पनि वर्गीकरण गर्नुपर्ने धारणा राखे ।

‘१२ औं राष्ट्रिय जनगणना’ विषयक अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै सांसद रामबाबु कुमार यादव

‘हामी सय वटा कुखुरा पाल्ने एउटा किसान र ५ वटा कुखुरा पाल्ने किसानलाई एउटै वर्गमा राख्न सक्दैनौं ।’ उनले भने ।

उनले विदेशमा रहेका नेपाली कामदार र नेपालमा बसेर काम गर्ने भारतीय कामदारको तथ्यांक संकलन गर्न समेत तथ्यांक विभाग समक्ष आग्रह गरे ।

‘१२ औं राष्ट्रिय जनगणना’ विषयक अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै राजनीतिक विश्लेषक देवेश झा

राजनीतिक विश्लेषक देवेश झाले सरकारले आर्थिक गतिविधि एवं खर्च गर्ने क्षमतालाई पनि ध्यानमा राखी तथ्यांक संकलन गर्नुपर्ने धारणा राखेका थिए । सामाजिक अभियन्ता पर्शुराम तामाङले तथ्यांक विभागले निश्चित समुदायमा बोलिने सबै भाषालाई सामेल गर्नुपर्ने बताए ।

प्रभु बैंकको सहयोगमा आयोजित अन्तक्रिया कार्यक्रममा सांसद्हरु, पूर्व मन्त्रीहरु, प्रशासकहरु, विज्ञहरु एवं उद्यमीहरुको सहभागीता रहेको थियो । नेपालमा हरेक १०–१० वर्षको अन्तरमा जनगणना गरिँदै आएको छ । यस अघि २०६८ सालमा जनगणना गरिएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ९ : ५८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६