हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय « Khabarhub

हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौडा- वाग्मती प्रदेश सरकारले प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।

आज बिहान बसेको विशेष मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सङ्घीय सरकारले गरेको निर्णयलाई कार्यान्वयनमा उतार्न तथा प्रदेश सरकारका नयाँ योजना बनाउन सो बैठक बसेको जनाइएको छ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको सो बैठकमा आपत्कालीन स्थितिमा परिचालन गर्न आवश्यक जनशक्ति तथा सामग्रीको तयारी अवस्थाका बारेमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

बैठकमा प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रतिकार्यको लागि मातहतका निकाय तयार रहेको जानकारी दिएको उनले बताए ।

आज नै प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिको समेत बैठक बस्ने र कोरोना भाइरससँग सम्बन्धित रहेर ठोस योजना बनाइने कार्यक्रम रहेको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  १० : २० बजे

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित