कोरोना भाइरसको नयाँ सङ्क्रमण शून्यमा पुगेको चीनको दाबी « Khabarhub

कोरोना भाइरसको नयाँ सङ्क्रमण शून्यमा पुगेको चीनको दाबी


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कोरोना भाइरसको उत्पत्ति भएको मुलुक चीनमा कोभिड-१९ को अभिलेख राख्न थालिएयता पहिलोपटक देशभित्र कुनै पनि नयाँ सङ्क्रमणका घटनाहरू देखा नपरेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

तर बाहिरबाट चीन आएका व्यक्तिहरूमा बुधवार ३४ वटा नयाँ सङ्क्रमण देखा परेको थियो।

जनावरी यता चिनियाँ मूलभूमिमा ८१ हजारवटा भन्दा बढी कोरोनाभाइरसको सङ्क्रमण देखिएका छन्।

त्यसबाट ३ हजार २२५ जनाले ज्यान गुमाएका छन् भने ७० हजार भन्दा बढी निको भएका छन् ।

अहिले पनि १० हजार भन्दा बढीमा सङक्रमण सक्रिय रहेको जनाइएको छ ।

पछिल्ला दिनहरूमा चीनको प्रयास देशभित्र कोरोनाभाइरसलाई पुन: भित्रन नदिने रहदै आएको छ ।

अधिकांश नयाँ घटना बाहिरबाट आएका आगन्तुकहरूले ल्याएका बीबीसीले जनाएको छ ।

सङ्क्रमण सबैभन्दा उच्च विन्दुमा पुग्दा चीनले कठोर क्वारन्टीन लागू गरेको थियो र भाइरस फैलनबाट रोक्न आवतजावत नियन्त्रणबारे कडा व्यवस्था लागु गरेको थियो ।

यी कदमहरूको सफलताका कारण नयाँ सङ्क्रमितको सख्या घटेपनि चीनमा कोरोनाभाइरसको जोखिम नहटिसकेको विज्ञहरू बताउँछन् । त्यही भएर अधिकारीहरूले बाहिरबाट भित्रने मानिसहरूको कडा निगरानी गरिरहेका बताइएको छ ।

यसैबीच बिहीवार दक्षिण कोरियामा १५२ वटा नयाँ घटनाहरू देखा परेका छन् तर ती मध्ये कति विदेशबाट भित्रिएका हुन् प्रष्ट भइसकेको छैन् ।

सिङ्गापुरमा बुधवार ४७ वटा नयाँ सङ्क्रमण देखा परेका छन् जसमध्ये ३३ वटा आयातित थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ११ : २६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका