कारोना भाइरसको संक्रमण आशंकामा अस्पताल भर्ना भएका व्यक्तिद्वारा आत्महत्या « Khabarhub

कारोना भाइरसको संक्रमण आशंकामा अस्पताल भर्ना भएका व्यक्तिद्वारा आत्महत्या


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना भएका एक बिरामीले आत्महत्या गरेका छन् । यो घटना भारत हो ।

कोरोना संक्रमणको आशंकामा भारतको नयाँ दिल्लीस्थित सफदरजंग अस्पतालमा भर्ना भएका व्यक्तिले अस्पतालको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

३५ वर्षीय ती व्यक्तिलाई बुधबार बिहान अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । अस्ट्रेलियाको सिड्नीबाट नयाँ दिल्ली आइपुगेको उनलाई दिल्ली विमानस्थलका अधिकारीहरुले कोरोना संक्रमणको आशंकामा सिधै सफदरजंग अस्पताल पु¥याएका थिए ।

चिकित्सकहरुले कोरोना परीक्षणका लागि उनको नमूना संकलन गरेका थिए । तर, बुधबार राति उनले अस्पतालको सातौं तलबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

भारतमा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म ३ जनाको मृत्यु भएको विवरण आएको छ । अहिलेसम्म १ सय ६१ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ११ : ५२ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका