७२ घण्टामा बन्यो भरतपुरमा कोरोना विशेष अस्थायी अस्पताल (फोटो फिचर) « Khabarhub

७२ घण्टामा बन्यो भरतपुरमा कोरोना विशेष अस्थायी अस्पताल (फोटो फिचर)


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– कोरोना भाइरस संक्रमितका लागि भरतपुरमा अस्थायी अस्पताल निर्माण गरिएको छ । भरतपुर कोरोना विशेष अस्थायी अस्पताल शुक्रबारबाट सञ्चालनमा आउने भएको छ ।

भरतपुरको प्रदर्शनी स्थलमा निर्माण भएको अस्पतालमा ५० शय्याको क्षमता रहेको छ । विशेष अस्थायी अस्पतालमा शुक्रबारबाटै ओपोडी सेवा सञ्चालन गर्ने तयारी भएको भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले जानकारी दिइन् ।

कोरोना नियन्त्रण कार्यदलको बिहीबार बसेको वैठकले काम तीब्र गतीमा वढेकाले शुक्रबारबाट सञ्चालनमा ल्याउने निर्णय भएको उनले जानकारी दिइन् ।

‘७० शय्याको अस्पताल निर्माण गर्ने तयारी रहेको छ’ प्रमुख दाहालले भनिन्,’अहिलेलाई ओपीडी सेवा हुने छ त्यसपछि आइसोलेसनको व्यवस्था गरिनेछ । ओपीडी सञ्चालनपछि आइसियु सेवा दिइने छ ।’

कार्यदलका प्रवक्ता डाक्टर भोजराज अधिकारीले भने,’प्रदर्शनी केन्द्रको तीन वटै भवन प्रयोग गर्नु परेमा तीनसय वेड क्षमताको अस्पताल निर्माण गर्न सक्नेछौ । तत्काल ७० शय्या क्षमताको निर्माण गरिने छ त्यसपछि आवश्यकताको आधारमा थपिँदै जाने योजना रहेको छ ।’

अस्पतालमा खटिने स्वास्थ्यकर्मीको पनि व्यवस्था भइसकेको महानगर प्रमुख दाहालले जानकारी दिइन् । शुक्रबार १४ जना जनशक्ति अस्पतालमा खटिनेछन् ।

विरामीको चाप र आवश्यकता अनुसार जनशक्ति र उपकरणहरु थपिदै लैजाने उनले बताइन् । अस्पताल निर्माणको लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी खटिएका छन् ।

महामारीका रुपमा फैलिँदै गएको कोरोना संक्रमणलाई रोक्न र विरामी भएमा उपचारको लागि अलगै अस्पताल निर्माण गर्ने निर्णय भरतपुर महानगरपालिकाले गरेको थियो ।

७२ घण्टा भित्र अस्पताल निर्माण गर्ने घोषणा गरेसंगै अस्पताल सोही समय भित्र सञ्चालनको तयारी गरिएको छ ।

बिहीबार बसेको कार्यदलको वैठकले शुक्रबारबाट चितवनमा सञ्चालन हुदै आएको हाटबजार र केबुलकारपनि बन्द गर्ने निर्णय भएको कार्यदलका सदस्य नारायण अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  २ : १६ बजे

ओलीलाई बिदा गरेर तेस्रो पुस्ता नेतृत्वमा ल्याउन चाहन्छ एमाले

काठमाडौँ – भदौको जेनजी आन्दोलन र फागुन २१ को चुनावबाट

केन्द्र र प्रदेशबीच समन्वय खोज्दै प्रधानमन्त्री बालेन : आज मुख्यमन्त्रीसँग छलफल

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीसँग

खुला मञ्च अब सधैँ खुला

काठमाडौँ – केही समय यता बन्द रहेको खुला मञ्च योगा,

पहिले चलेर असफल भएको थियो रात्रिकालीन बस सेवा

काठमाडौँ–  उपत्यकाका ४ नगरपालिकाको  संयुक्त प्रयासमा बुधबारदेखि रात्रिकालीन बस सेवा

दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

काठमाडौँ– उपसभामुख रुवि कुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहका कार्यक्रममा