कारागारका कैदी घटाउन सरकारलाई निर्देशन, प्रहरी हिरासतमा रहेका थुनुवालाई घर पठाउने तयारी « Khabarhub

कारागारका कैदी घटाउन सरकारलाई निर्देशन, प्रहरी हिरासतमा रहेका थुनुवालाई घर पठाउने तयारी


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद (प्रतिनिधिसभा)को कानून, न्याय तथा मानव अधिकार समितिले कारागारमा रहेका कैदी बन्दीको संख्या घटाउन सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणको जोखिम कम गर्न कैदी बन्दीको संख्या घटाउन निर्देशन दिने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण भएमा अवस्था जटिल बन्न सक्ने भएकाले तत्कालै कैदीको संख्या घटाउन निर्देशन दिइएको समितिका सभापति कृष्ण भक्त पोख्रेलले जानकारी दिए ।

कोरोना संक्रमण देखिएपछि विदेशमा पनि कारागारमा रहेका कैदीहरु घटाउने अभ्यास भएको उल्लेख गर्दै सभापति पोख्रेलले नेपालमा पनि कैदीको संख्या घटाउन निर्देशन दिइएको बताए ।

हिरासतमा रहेका थुनुवालाई घर पठाउने तयारी ?

सरकारले भने कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न भन्दै सामान्य प्रकृतिको अपराधिक घटनामा संलग्न भएर प्रहरी हिरासतमा रहेका थुनुवालाई घर पठाउने तयारी थालेको छ ।

गृह मन्त्रालय, महान्यायाधीवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयका अधिकारीहरुले सामान्य प्रकृतिको अपराधमा संलग्न रही प्रहरी हिरासतमा रहेका थुनुवाहरुलाई घर पठाउने गरी छलफल थालेका हुन् ।

‘कोरोना संक्रमण भइसकेको अवस्थामा आइपर्ने जटिल अवस्थालाई मध्यनजर गरेर सामान्य प्रकृतिका अपराधमा संलग्नहरुलाई छाड्ने विषयमा छलफल भइरहेको छ,’ महान्यायाधीवक्ताको कार्यालयका एक अधिकारीले भने, ‘अहिले महान्यायाधीवक्ताज्यु (अग्नी खरेल)ले यस विषयमा आईजी (प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली)सँग छलफल गरिरहनु भएको छ । आईजी सा’पले गृह मन्त्रालयसँग पनि छलफल गर्ने भन्नुभएको छ ।’

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने प्रहरी हिरासतमा रहेका थुनुवालाई छाड्ने विषयमा अहिले नै कुनै निर्णय भइनसकेको बताए ।

‘हिरासतमा रहेका व्यक्तिको मुद्दा छिटो टुंग्याएर, सामान्य प्रकृतिको घटनामा संलग्नहरुलाई सोहीअनुसार छाड्ने वा थप प्रक्रिया अगाडि बढाउने भन्ने विकल्प हुन सक्छ,’ गृह मन्त्रालयका प्रवक्ता शर्माले खबरहबसँग भने, ‘तर, यस विषयमा अहिले नै कुनै निर्णय गर्ने गरी छलफल भने भएको छैन ।’

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  २ : ३१ बजे

दशैँसम्मका लागि २० फिल्मको ‘डेडललाइन’: एउटै मितिमा प्रियंका र नीताको भिडन्त

काठमाडौँ – नयाँ वर्षको प्राइम डेटमा हलमा तीन–चार वटा फिल्मले

रगतको माग बढ्यो, दाता घटे: रक्तदाता अभावले बिरामी सङ्कटमा

चितवन– जिल्लामा रगतको माग बर्सेनि बढ्दै गए पनि रक्तदाताको सङ्ख्या

यातायात राजस्व: ९ महिनामा साढे २३ करोड, सवारी करबाट मात्रै १९ करोड

मध्यविन्दु – यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले चालु

अरनिकोले चीनमा कमाएको साख: चिनियाँले नपाएको सुविधा नेपालीलाई

चीनको राजधानी बेइजिङ आज विज्ञान, प्रविधि र आधुनिक विकासको विश्व–केन्द्रका

आईपीएल : लखनउलाई पाँच विकेटले पराजित गर्दै आरसिबी शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न