चर्को आवाज निकालेर मोटरसाइल चलाउने १८५ चालक कारवाहीमा « Khabarhub

चर्को आवाज निकालेर मोटरसाइल चलाउने १८५ चालक कारवाहीमा


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालकलाई धमाधम कारबाही गर्न थालेको छ । महाशाखाले फागुन महिना मात्र १ सय ८५ वटा मोटरसाइकललाई कारवाही गरेको छ ।

ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार ठूला आवाज निकाल्ने मोटरसाइकलहरुमा होण्डा डर्ट, हार्डफोर्ड भीआर, डुकाटी, क्रसफायर, बुलेट, बेनेली, आरएक्स लगायतका बाइकहरु पर्दछन् ।

यस्ता गलत गरी चलाउने मोटरसाईकलको विभिन्न माध्यमबाट नम्बर संकलन गर्नुका साथै निगरानीमा राखिएको महाशाखाले जनाएको छ ।

महाशाखाले मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु कानुनविपरित भएको भन्दै कारवाही गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्बसाधारणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने भएकाले रोक लगाउन लागिएको जानकारी दिए ।

जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र मात्र नभई देशैभर सञ्चालनमा ट्राफिक प्रहरीले कडाइ गरेको ढकालले जानकारी दिए ।

ठूलो आवाजका कारण ध्वनी प्रदुषण तथा दुर्घटना जस्ता समस्या आम सर्वसाधारणले व्यहोर्नुपरेकाले ती मोटरसाइकलहरुलाई कडाइ गर्नुपरेको छ ।

मोटरसाइकलहरुबाट निस्कने ध्वनीका कारण कतिपय अपाङ्ग, असशक्त तथा बिरामीहरु तर्सिने गरेका छन् । ती बाइकहरु तिव्र गतिमा कुदाइने र त्यसमा ठुलो आवाज हुने भएकाले मुटुका बिरामी तथा कमजोर मुटु भएका मानिसहरु बेहोस समेत हुने गरेको पाइएको छ ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठका अनुसार फाल्गुन महिनामा मात्र १ सय ८५ वटा मोटरसाइकल कारबाही गरिसकेको छ ।

त्यसरी समातिएका मोटरसाइकलहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवाना स्वरुप १ हजार देखि १५ हजार रुपैयाँ सम्म जरिवाना गराईएको छ ।

समातिएका मोटरसाइकलहरु मध्ये कम्पनीबाटै ठूलो आवाज आउने मोटरसाइकलहरुलाई चलाउन रोक लगाएको छ । त्यसैगरी मोडिफाइ गरेर ठूलो आवाज आउने बनाइएका मोटरसाइकलहरुलाई भने पुरानै स्वरुपमा परिवर्तन गर्न लगाएर मात्र छाड्ने महाशाखाका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यस्ता किसिमका मोटरसाईकलहरू कतै गुदिरहेको देखेमा ट्राफिक प्रहरीको हटलाईन १ सय ३ मा जानकारी गराईदिनुहुन सम्पूर्ण सर्बसाधरणहरूमा महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  २ : ४७ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको