एसईई स्थगित भएसँगै प्रश्नपत्र प्रहरीको सुरक्षामा « Khabarhub

एसईई स्थगित भएसँगै प्रश्नपत्र प्रहरीको सुरक्षामा


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं­– आजबाट शुरु हुने भनिएको एसईईको परीक्षा हिजो साँझ सरकारले स्थितग गर्ने निर्णय गरेसँगै प्रश्नपत्रको सुरक्षामा विद्यार्थी र अभिभावकले चासो दिएका छन् ।

कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा फेलिरहेको र नेपाल पनि उच्च जोखिममा रहेको भन्दै सरकारले एसईई परीक्षा स्थगित गरेको थियो । तर केन्द्रमा प्रश्नपत्र तथा कपिहरुसमे पुगिसकेको अवस्थामा विद्यार्थी र अभिभावकले कतै प्रश्न पत्र आउट त हुने होइन भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।

यसैबीच एसइईका लागि छापिएका प्रश्नपत्र प्रहरी कार्यालयमा सुरक्षित रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार प्रश्नपत्र परीक्षा केन्द्रमा पुगिनसकेको जानकारी दिए ।

परीक्षाका लागि छापिएका करिब ५१ लाख थान प्रश्नपत्र स्थानीय प्रहरी चौकी तथा प्रशासन कार्यालयहरूमा सुरक्षित रहेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए । प्रश्नपत्र प्रहरीको सुरक्षा घेराभित्र रहेका कारण चिन्ता लिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

पछि हुने एसइई परीक्षामा नयाँ प्रश्नपत्र प्रयोग हुन्छ कि भन्ने प्रश्नमा उनले यसबारे कुनै निर्णय नभएको बताए । बिहीबार बस्ने सचिवस्तरीय बैठकले यस विषयमा निर्णय गर्ने उनले जानकारी दिए ।

यस वर्षको एसइई परीक्षामा चार लाख ८२ हजार २ सय १९ जना विद्यार्थी सहभागी हुँदै छन् भने देशभर १९ सय ९५ परीक्षा केन्द्र तोकिएको छ । अब अर्को सूचना प्रकाशन भएपछि परीक्षा सञ्चालन गर्ने सरकारले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ३ : ०९ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

बागमती स्विट्सको बदाममा कीरा, उत्पादन र बिक्रीमा रोक

काठमाडौं– काठमाडौं महानगरपालिका ११ मा सञ्चालित बागमती स्विट्स प्रा.ली.को उत्पादन

गाजामा इजरायली आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– गाजा स्थित प्यालेस्टिनी क्षेत्रको उत्तरी भागमा भएको इजरायली आक्रमणमा

संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार हुने

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४ गते

बुटवलमा स्थानीय सीप, कला र उत्पादन प्रदर्शनी-२०८३ आयोजना गरिने

काठमाडौं– बुटवलमा स्थानीय सीप, कला र उत्पादन प्रदर्शनी–२०८३ आयोजना गरिने