भीडमा नजान सरकारको आग्रह–मालपोत, बिजुली र यातायात बिल तिर्न ढिला भए जरीवाना नलाग्‍ने « Khabarhub

भीडमा नजान सरकारको आग्रह–मालपोत, बिजुली र यातायात बिल तिर्न ढिला भए जरीवाना नलाग्‍ने


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सरकारी कार्यालयमा शुल्क तिर्न जाँदा भीडभाड हुने भन्दै त्यस्तो शुल्कको जरीवाना मिनाह गर्ने निर्णय गरेको छ ।

मालपोत, विद्युत, र यातायात लगायतमा तिर्नु पर्ने शुल्क नतिर्दा लाग्ने जरीवानावापतको शुल्क मिनाह गर्ने निर्णय भएको हो । सरकारले कोरोना भाइरस रोकथाम तयारीबारे गरेका पछिल्ला निर्णय लागू गर्ने क्रममा बिहीबार यस्तो निर्णय गरेको हो ।

गृह मन्त्रालयमा बसेको बैठकले विलम्ब शुल्क लाग्ने अवस्था भएमा सरकारले मिनाह गर्ने व्यवस्था मिलाउने आग्रह गर्दै भीडभाडमा नजान सर्वसाधारणलाई आग्रह गर्ने निर्णय गरेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

बुधबार मात्रै सरकारले २५ जना भन्दा बढी एक ठाउँमा भेला नहुन निर्देशन दिएको थियो ।

बिलम्ब शुल्क लाग्ने भन्दै मालपोत, विद्युत र यातायातलगायतमा शुल्क बुझाउन मानिसहरु धेरै जम्मा भएको भन्दै यस्तो जमघट नगर्न र आग्रह गरिएको पोखरेलले जानकारी दिए । उनले जरीवाना लाग्ने अवस्था आए जरीवाना शुल्क मिनाह हुने उनले बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ४ : ३२ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको