पेस्तोल र अत्याधुनिक हतियारका गोलीसहित १ जना पक्राउ « Khabarhub

पेस्तोल र अत्याधुनिक हतियारका गोलीसहित १ जना पक्राउ


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (पूर्व)को हुप्सेकोट गाउँपालिका–२ चपाहा धारापानीबाट विभिन्न हतियारसहित एकजना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धारापानी घर भएका ६३ वर्षीय तारा बहादुर विक छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का अनुसार उनको साथबाट भरुवा बन्दुकदेखि अत्याधुनिक हतियारका गोलीहरु बरामद गरिएको छ ।

विकको साथबाट मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल १ थानसहित ५ राउण्ड गोली, १ थान एयर गन, एएएलआरको गोली २ राउण्ड, थ्रीनटथ्री राइफलको गोली १ राउण्ड, एम–१६ राइफलको गोली १ राउण्ड, सर्टटनको खोका २ थान, पुरानो कटुवा पेस्तोल तथा घोडाचाप, अन्य हतियारको गोली २ राउण्ड र विभिन्न हातहतियारका पाटपूर्जा बरामद भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहन खाँडले बिहीबार अदालत बन्द भएका कारण शुक्रबार मात्रै उनलाई अदालतमा पेश गरी थप अनुसन्धानका लागि म्याद थपको अनुमति लिने जानकारी दिए ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ६ : ०१ बजे

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

डाकार– अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित