पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउने तीन जना पक्राउ « Khabarhub

पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउने तीन जना पक्राउ


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विस्फोट गराएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले राजधानीका विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको बताए पनि उनीहरुको पहिचान भने खुलाएको छैन । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई विहीबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई शुक्रबार दिउसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

गत फागुन २८ गते पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट भएको थियो । सोही दिन विस्फोटमा संलग्न रहेको भन्दै प्रहरीले देवी बहादुर गुरुङलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ११ : ११ बजे

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

डाकार– अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित