कोरोना कहर : न्यू जर्सीस्थित नर्सिङ होमको पछाडि लाशको थुप्रो भेटिएपछि « Khabarhub

कोरोना कहर : न्यू जर्सीस्थित नर्सिङ होमको पछाडि लाशको थुप्रो भेटिएपछि


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप अहिले सबैभन्दा बढी अमेरिकामा देखिएको छ ।

हालसम्म अमेरिकामा कोरोनाका कारण ३९ हजारले ज्यान गुमाइसकेका छन् भने ७ लाख ३८ हजार बढी संक्रमित छन् । अमेरिकाको न्यूयोर्क सबैभन्दा प्रभावित बनेको छ ।  न्यूयोर्कपछि न्यू जर्सी सबैभन्दा प्रभावित छ ।

अमेरिकाको न्यूयोर्क शहरदेखि ७० किलोकिटर पश्चिम एन्डोभरमा लाशको थुप्रो भेटिएपनि सनसनी फैलिएको छ । अमेरिकी पुलिसले यहाँ १७ लाश बरामद गरेको छ । यी सबैको मृत्यु कोरोनाभाइरसका कारण भएको मानिएको छ । न्यूजर्सी राज्यभित्र पर्ने एन्डोभरको नर्सिङ होमको मुर्दाघरको पछाडि लाशको थुप्रो भेटिएको हो ।

न्यूयोर्क टाइम्सले ताजा घटनाक्रमले कसरी अस्पतालहरु हाउसफुल भइसकेका छन् भन्ने देखाएको उल्लेख गरेको छ ।

गत सोमबार एन्डोभर सुबाक्युट एण्ड रिहेबिलेसन सयुनिटमा यी लाशहरु भेटिएका हुन् । यो न्यू जर्सीको सबैभन्दा ठूलो नर्सिङ होम हो । न्यू जर्सी राज्य कोरानाभाइरसबाट अत्यन्तै प्रभावित मध्ये एक हो ।

अहिलेसम्म यी १७ जनाको मृत्युको कारणबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन । न्यूयोर्क टाइम्सका अनुसार यो नर्सिङ होममा विगत केही दिनयता ६८ जनाको मृत्यु भएको थियो । यीमध्ये २६ जनाको मृत्यु कोभिड १९ का कारण भएको थियो । पुलिसले कति लाश भेटियो भन्ने कुराको आधिकारिक पुष्टि गरेको छैन ।

एन्डोभर पुलिसको फेसबुक पेजमा नर्सिङ होमका मालिकहरुमध्ये एक चेम शेइनबामको तर्फबाट भनिएको छ कि मुर्दाघरमा जहाँ सामान्य अवस्थामा ४ लाशहरु हुन्छन् त्यहाँ उनले कहिल्यै १५ भन्दा धेरै लाश देखेका थिएनन् ।

एन्डोभर पुलिस चिफ एरिक डेनियलसनले सिएनएनसँग सम्भवतः नर्सिङ होममा स्टाफ कम भएको र स्टाफमाथि धेरै बोझ भएको हुन सक्ने बताए । न्यूजर्सीका गभर्नर फिल मर्फीले लाशहरु यसरी राख्न अनुमति दिइएको प्रति आक्रोश व्यक्त गरे ।

 

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ९ : ३३ बजे

धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न सरकारसँग आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त,

चार दिने भ्रमण सकेर फर्किए भारतीय सेना प्रमुख सेठ, के के भयो उपलब्धि ?

काठमाडौं- भारतीय स्थल सेनाका प्रमुख (सीओएएस) जनरल धीरज सेठ चारदिने

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका

इरानसँग तत्काल वार्ताको कुनै योजना छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल वार्ता वा छलफल गर्ने

चारदिने नेपाल भ्रमणपछि फर्किए भारतीय सेनाध्यक्ष सेठ

काठमाडौं– चारदिने नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज