कोरोनाका कारण नेपाली क्रिकेटको संरचनात्मक विकासमै असर ! « Khabarhub

कोरोनाका कारण नेपाली क्रिकेटको संरचनात्मक विकासमै असर !


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले कोरोना भाइरस (कोभिड १९) ले नेपाली क्रिकेटलाई संरचनात्मक ढाँचामा जान असर पारेको  बताएका छन् ।

झण्डै एक महिनादेखि नेपाल लकडाउनमा रहेको छ । यसले लामो समय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को प्रतिबन्धबाट सशर्त फुकुवा भएको क्यानलाई बढी असर गरेको सचिव प्याकुरेलले बताएका छन् ।

गएको असोजमा क्यानको चुनावी साधारण सभाबाट चतुरबहादुर चन्दको टोली नेतृत्वमा आएपछि आईसीसीले साढे ४ वर्षपछि सशर्त प्रतिबन्ध फुकुवा गरेको थियो । क्यानको सशर्त फुकुवा पछि घरेलु क्रिकेटको संरचना बनाउन लागिरहँदा कोरोनाले सबै क्षेत्र ठप्प पारिदिँदा समस्या भएको सचिव प्याकुरेलको भनाइ छ ।

क्यान सचिवका अनुसार चैत बैशाखभित्रमा जिल्लादेखि राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी भइरहेको थियो । क्यानले चैत मध्यबाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु गर्ने तयारी गरेको थियो । जसअन्तर्गत करिब ३० जिल्लामा जिल्लास्तरको प्रतियोगिता पनि सम्पन्न भइसकेको उनी बताउँछन् ।

‘क्यानको पुन:जन्म पछि एक मुमेन्टममा गइरहेको थियो । तर, कोरोना भाइरसको सन्त्रास र त्यसपछि जारी भएको लकडाउनले त्यसमा सेट व्याक गरेको छ,’ सचिव प्याकुरेलले भने, ‘हामीले जिल्लास्तरबाट प्रतियोगिता गरिरहेका थियौं । कति जिल्लामा त प्रधानमन्त्री कप क्रिकेट भइ पनि सकेको छ । तर, आधामै रोकिँदा समस्या भयो ।’

अशोकनाथ प्याकुरेल, क्यान सचिव । फाइल तस्वीर

सचिव प्याकुरेलले पुरुष तथा महिला क्रिकेट कपहरु जारी रहेको अवस्थामा बीचैमा लामो समय बन्द भइदिँदा समस्या सिर्जना भएको बताए । खासमा क्यानका लागि अहिलेको समय आईसीसीसमक्ष आफूलाई प्रमाणीत गर्ने समय पनि थियो । तर, पछिल्लो ६–७ महिनामा आन्तरिक तयारीमै लगाएको क्यानका लागि कोरोना एक बहानाका रुपमा पनि देखिएको खेलकुद विज्ञहरुको मत छ ।

संगठनात्मक रुपमा क्यान फर्किइसके पछि उसले फेब्रुअरी पहिलो साता आईसीसी विश्वकप लिग २ को आयोजना गरेको थियो । त्यसपछि घरेलु क्रिकेटको तयारी गरेको बताएको क्यानले कुनै प्रतियोगिता आयोजना गर्न नपाउँदै कोरोना भाइरसले सबै ठप्प छ ।

अहिलेको अवस्थामा नेपाली क्रिकेटका लागि अरु कुराभन्दा पनि जिल्ला, प्रदेश र संघमा क्रिकेटको संरचनात्मक विकास महत्वपूर्ण भएको सचिव प्याकुरेल बताउँछन् । तर, त्यहि काम गर्ने तयारी गर्दा गर्दै कोरोना भाइरस आउँदा बीचैमा रोकिएको उनले बताए ।

‘अहिले हाम्रा लागि सबैभन्दा महत्वपूर्ण कुरा जिल्ला, प्रदेश, राष्ट्रिय स्तरका, उमेर समूहका प्रतियोगिता आयोजना गरि जतिसदो धेरै खेलाडीलाई छनोटमा सहभागी गराउनु पर्ने हो,’ सचिव प्याकुरेलले भने, ‘तर, कोरोना जति लामो समय टिक्छ, त्यतिनै हाम्रो संरचनात्मक विकासमा ढिलाइ हुन्छ ।’

त्यतिमात्रै होइन आईसीसीबाट सशर्त प्रतिबन्ध फुकुवा भएको नेपाली क्रिकेटलाई पूर्ण फुकुवाका लागि कोरोनाले असर गर्ने भएको छ । अहिले सबै कुराको डकुमेन्टेसन र बजेटका लागि प्रक्रियागत कुरा भइरहँदा त्यो पनि बीचैमा रोकिएको प्याकुरेलले बताए ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ११ : ३३ बजे

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर