नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना « Khabarhub

नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा कोरोना भाइरसको परीक्षण शुरु गरिएको छ । रियल टाइम पोलिमर चेन रिएक्सन (आरटी पीसीआर) उपकरण शनिबार जडान भएपछि आजबाट कोरोना परीक्षण शुरुआत भएको अस्पतालका निमित्त प्रमुख डा. प्रकाश थापाले जानकारी दिए ।

उनका अनुसार, कोरोना भाइरस सङ्क्रमणको परीक्षण शनिबार साँझबाटै शुरु गरिए पनि आइतबारबाट नमूना सङ्कलन गरिएको छ । आरटी पीसीआर उपकरण जडान तथा परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली काठमाडौबाट ‘रिएजेन्ट केमिकल’ लिएर शुक्रबार नेपालगञ्ज आएको थियो ।

रगत परीक्षण गर्न आवश्यक पर्ने ‘रिएजेन्ट केमिकल’ को नेपालगञ्जमा अभाव भएपछि काठमाडौबाट मगाइएको हो । बाँके र बर्दियाका जनताको कोरोना सङ्क्रमण परिक्षणका लागि लक्षित गरी सो अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको हो ।

प्रयोगशाला सञ्चालन भएपछि अब स्वाब नमूना परीक्षणका लागि भैरहवा अथवा काठमाडौं पठाउनु पर्ने बाध्यता हटेको छ । सो उपकरणबाट एकदिनमा १०० जनाको नमूना परीक्षण गर्न सकिने डा. थापाको भनाइ छ ।

बाँकेका विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत कोरोना भाइरसका शङकास्पद विरामी मध्ये शनिबार थप १४ जनाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ । यससँगै बाँकेमा शनिबारसम्म भएका सबै परिक्षणमा ४ सय ९६ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

जिल्लाका विभिन्न अस्पतालमा उपचाररत १५ जना बिरामीको वैशाख ३ गते सङ्कलन गरिएको ‘थ्रोट स्वाव’ को नमूना मध्ये शनिबार बेलुकासम्म १४ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको र १ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, शनिबार थप ८ जनाको नमूना सङ्कलन गरिएको छ । हालसम्म बाँकेमा पिसिआर बिधिबाट १ सय जनाको परीक्षण गर्दा ९१ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ भने बाँकी ९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

आरडीटी बिधिबाट ४ सय ५ जनाको जाँच गर्दा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । बाँकेमा हालसम्म ५ सय ५ जनाको कोरोना परिक्षण गरिएको छ । जसमध्ये ४ सय ९६ को रिपोर्ट ‘नेगेटिभ’ आइसकेको छ भने ९ जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  २ : ३१ बजे

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य