फेसबूक लाइभका कारण कलाकार एजाज खान पक्राउ « Khabarhub

फेसबूक लाइभका कारण कलाकार एजाज खान पक्राउ


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – फेसबूक लाइभमा आपत्तिजनक र अभद्र भाषा प्रयोग गरेको भन्दै भारतीय कलाकार एलाज खानलाई प्रहरीले पक्राउ गरेको छ । बलिउडका यी कलाकारलाई बान्द्राको एक अदालतले २४ अप्रिलसम्म प्रहरी हिरासतमा राख्न आदेश दिएको छ ।

उनलाई ‘हेट स्पीच’ दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

एनाज खानका तर्फबाट पेश भएका वकिलले बान्द्रा कोर्टको विरोध गरेका थिए । तर, अदालतले उनलाई ६ दिन प्रहरी हिरासतमा रहन आदेश दिएको छ ।

एजाज खानको आपत्तिजनक भिडियोमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पक्ष र विपक्षको समर्थन लिएका थिए । त्यसपछि एजाजमाथि उजुरी परेको थियो ।

एजाज आफ्नो फेसबूक लाइभमा आएर विभिन्न नेता, राजनीतिक दल र मिडियाकर्मीमाथि खनिएका थिए । उनले प्रयोग गरेको अभद्र व्यवहारले विवादमा तानेको थियो । उनको भिडियोमा प्रयोग भएको भाषालाई लिएर भारतीयहरुले आपत्ति जनाएका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ४ : २२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र