कोरोनाभाइरस प्रभाव : अमेरिका र क्यानाडाको सीमाना थप एक महिनाका लागि बन्द | Khabarhub Khabarhub

कोरोनाभाइरस प्रभाव : अमेरिका र क्यानाडाको सीमाना थप एक महिनाका लागि बन्द


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोरोन्टो- अमेरिका र क्यानाडाको सीमाना थप एक महिनालाई बन्द गर्न दुवै देश सहमत भएका छन् ।

क्यानाडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले थप ३० दिन दुई देशको सीमाना बन्द गर्न दुवै देश सहमत भएको जानकारी दिएका हुन् ।

उनले सीमानाका बन्द गरिए पनि अत्यावश्यक सेवाका लागि कुनै अवरोध नहुने बताएका छन् । सीमाना बन्द गर्ने अवधि कति समयसम्म लम्बिन्छ भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था रहेको पनि उनले बताए ।

“यस अगाडि भएको सम्झौतालाई अहिले थप ३० दिनका लागि लम्ब्याइएको छ, तर अत्यावश्यक सेवाको कामका लागि भने कुनै अवरोध हुने छैन,” उनले भने ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गत बुधबार कोरोनाभाइरसको महामारीका विरुद्धमा अमेरिका र क्यानाडाले मिलेर काम गर्ने बताएका थिए ।

सीमाना बन्द गर्नेसम्बन्धी अमेरिका र क्यानाडाको सम्झौताको म्याद आगामी हप्ता सकिन लागेकाले फेरि म्याद थपिएको हो । अमेरिका र क्यानाडाका सीमानाबाट दैनिक दुई लाख मानिस आवतजावत गर्ने गर्दछन् ।

कोरोनाभाइरसको प्रभाव सबैभन्दा धेरै अमेरिकामै देखिएको छ । पछिल्लो विवरण अनुसार अमेरिकामा आइतबारसम्म ७ लाख ३८ हजार ९२३ जना संक्रमित भएका छन् भने ३९ हजार १५ जनाको मृत्यु भएको छ ।

त्यसैगरी क्यानाडामा कोरोनाभाइरसबाट ३३ हजार ३८३ जना संक्रमित हुँदा एक हजार ४७० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ७ : १३ बजे

भाइटिका नजिकिँदै जाँदा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्दै

काठमाडौं– तिहार अन्तर्गत भाइटिका नजिकिँदै जाँदा उपत्यका छाड्ने यात्रुहरूको संख्या

शान्तिको पक्षमा ट्रम्प : युक्रेन र रुसलाई तत्काल युद्ध रोक्न आग्रह

एजेन्सी– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन–रुस युद्धको सन्दर्भमा आफ्नो पछिल्लो

विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी, ६ लाख बराबरको क्षति

काठमाडौं– काठमाडौंको काँडाघारीमा रहेका एक फर्निचर उद्योगमा आगलागी भएको छ

नेपाली कांग्रेसद्वारा विपिन जोशीप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं– कात्तिकः नेपाली कांग्रेसले प्यालेष्टिनी समूह हमासले बन्धक बनाएको अवस्थामा

आयुर्वेद अस्पतालमा भर्नासहितको सुविधा

गलकोट– यहाँको धौलागिरी आयुर्वेद अस्पताल स्तरोन्नति पश्चात् भर्ना गरेरै बिरामीहरूको