कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ६२ हजार नाघ्यो « Khabarhub

कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ६२ हजार नाघ्यो


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म १ लाख ६२ हजार ९६ जनाको मृत्यु भएको छ भने ६ लाख ७ हजार ३४२ जना निको भएका छन् ।

त्यस्तै २३ लाख ६१ हजार ४८२ जनालाई संक्रमण भएको छ भने विश्वमा ५४ हजार ५४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसको महामारीका कारण ३९ हजार ८४ जाको मृत्यु भएको छ भने ७ लाख ४० हजार ९२८ जनालाई संक्रमण भएको छ ।

आजमात्रै त्यहाँ २ हजार १३६ नयाँ संक्रमित थपिएका छन् भने आजै ७० जनाले ज्यान गुमाएका छन् । अमेरिकामा १३ हजार ५५१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा २० हजार ४५३ जनाको ज्यान गएको छ भने १ लाख ९५ हजार ९४४ जनालाई संक्रमण भएको छ । आजमात्रै त्यहाँ १५२८ नयाँ संक्रमित थपिएका छन् भने आज नै ४१० जनाको मृत्यु भएको छ ।

त्यस्तै इटालीका कोरोना भाइरसको महामारीका कारण २३ हजार २२७ जनाले ज्यान गुमाएका छन् भने १ लाख ७५ हजार ९२५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्रान्समा अहिलेसम्म १९ हजार ३२३ जनाले ज्यान गुमाएका छन् भने १ लाख ५१ हजार ७९३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण ४ हजार ५४३ जनाको ज्यान गएको छ भने १ लाख ४४ हजार ३४८ जनालाई संक्रमण भएको छ ।

आजमात्रै त्यहाँ ६२४ जना नयाँ संक्रमित थपिएका छन् भने ९ जनाको आजमात्रै मृत्यु भएको छ । त्यस्तै बेलायतमा १ लाख २० हजार ६७ जनालाई संक्रमण भएको छ भने १६हजार ६० जनाको ज्यान गएको छ ।

आज मात्रै त्यहाँ ५९६जनाको ज्यान गएको छ भने ५ हजार ८५० नयाँ संक्रमित आजै थपिएका छन् । त्यस्तै बेल्जियममा अहिलेसम्म ५ हजार ६८३ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या ३८ हजार ४९६ पुगेको छ ।

आज मात्रै त्यहाँ २३० जनाको ज्यान गएको छ भने आजै १ हजार ३१३ नयाँ संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ९ : ४१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब