संक्रमण बढ्दा थप चुनौति थपियो – स्वास्थ्यमन्त्री ढकाल « Khabarhub

संक्रमण बढ्दा थप चुनौति थपियो – स्वास्थ्यमन्त्री ढकाल


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले नेपालका लागि आउँदा दिन थप चुनौतिपूर्ण हुन सक्ने बताएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ७३ औँ विश्व स्वास्थ्य सम्मेलनलाई भिडियो मार्फत सम्बोधन गर्दै उनले कोरोना भाइरसविरुद्धको अभियानमा सबै संयन्त्र परिचालन गरी काम गरिरहेको बताए । तर पनि साधन स्रोतको कमी रहेको र संक्रमण बढ्दो क्रममा रहँदा चासो र चिन्ता थपिएको उनले बताए ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि डब्लुएचओले गरेको प्रयासको प्रशंसा गरेका मन्त्री ढकालले नेपालसहितका देशहरुका लागि अन्तर्राष्ट्रिय सहयोग अत्यावश्यक रहेको बताए ।

कोरोना भाइरसले कुनै पनि जात, रंग, पेशा वा वर्गका भनेर नछोड्ने भन्दै उनले विश्वव्यापी एकीकृत प्रयासमा जोड दिए ।

मन्त्री ढकालले सम्बोधनको क्रममा कोरोना भाइरसविरुद्धको अभियानमा अग्रपंक्तिमा रहेर खटिएका सबैलाई धन्यबाद पनि दिएका थिए ।

ढकालले गरेको सम्बोधनको भिडियो हेर्नुहोस्

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १० : ०३ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन