किटनाशक औषधि नछर्किन विश्व स्वास्थ्य संगठनको आग्रह | Khabarhub Khabarhub

किटनाशक औषधि नछर्किन विश्व स्वास्थ्य संगठनको आग्रह


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न भन्दै जतातजै किटनाशक औषधी (डिसइन्फेक्टेन्ट) छर्किन थालेको पाइएसँगै विश्व स्वास्थ्य संगठनले नछर्किन आग्रह गरेको छ ।

भाइरसमुक्त बनाउन जमिन, सडक, भवन, यातायातका साधन, अस्पताल, मानिसले छुने अरू स्थानहरूमा प्रयोग गरिँदै आएको कीटनाशक औषधिले मानिसका लागि झन् हानिकारक हुने भएकाले यसको प्रयोग नगर्न डब्लुएचओले आग्रह गरेको हो ।

यसरी किटनाशक स्प्रे गर्दा भाइरस निष्क्रिय नहुने र झन् मानव स्वास्थ्यमा असर गर्ने भएकाले प्रयोग बन्द गर्न डब्लुएचओले आग्रह गरेको हो । डब्लुएचओले एक गाइडलाइन जारी गर्दै उक्त स्प्रेले भाइरसलाई कुनै असर नगर्ने जनाएको छ ।

कतिपय ठाउँमा मानिसहरूमा पनि डिसइन्फेक्टेन्ट छर्किएको पाइएको छ, तर यसो गर्नु झन् गलत हुने डब्ल्युएचओले जनाएको छ ।

संगठनका अनुसार अहिले प्रयोग गरिएजसरी कीटनाशक औषधि छर्किँदा मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत असर पुग्ने जनाइएको छ ।

फर्माल्डिहाइड, क्लोरिन वा अन्य कुनै पनि रसायनको प्रयोगले नाक, आँखा, छाला पोल्ने, श्वासप्रश्वासमा समस्यामा हुने, पेट वा आन्द्रामा रोग लाग्न सक्ने संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले घरभित्र कीटनाशक औषधिको प्रयोग गर्नुपरे कपडामा भिजाएर पुछ्न सकिने बताएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ११ : ०० बजे

शिक्षा सुधारको सूत्र : शिक्षकका दलीय संघ, संगठन बन्द गरौं

संसारकै प्रथम शिक्षक मानिने चिनिया दार्शनिक कन्फ्युसियसले उच्च र खानदानी

सङ्कट व्यवस्थापन केन्द्रबाट एक वर्षमा २५२ जना लाभान्वित

बैतडी– जिल्ला अस्पताल बैतडीमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)

एक महिनामा वार्षिक लक्ष्यको ६ दशमलव ८५ प्रतिशत राजस्व सङ्कलन

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२–८३ को

पर्यटन विभागले सेवालाई प्रविधिमैत्री बनाउने

काठमाडौं– पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने भएको

लिपुलेकबारे डा. भट्टराईको टिप्पणी :  नेपाली भूभागबारे नेपालको सहमतिबिना गरिने सम्झौता अमान्य  

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् परराष्ट्र विज्ञ डा.