किटनाशक औषधि नछर्किन विश्व स्वास्थ्य संगठनको आग्रह « Khabarhub

किटनाशक औषधि नछर्किन विश्व स्वास्थ्य संगठनको आग्रह


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न भन्दै जतातजै किटनाशक औषधी (डिसइन्फेक्टेन्ट) छर्किन थालेको पाइएसँगै विश्व स्वास्थ्य संगठनले नछर्किन आग्रह गरेको छ ।

भाइरसमुक्त बनाउन जमिन, सडक, भवन, यातायातका साधन, अस्पताल, मानिसले छुने अरू स्थानहरूमा प्रयोग गरिँदै आएको कीटनाशक औषधिले मानिसका लागि झन् हानिकारक हुने भएकाले यसको प्रयोग नगर्न डब्लुएचओले आग्रह गरेको हो ।

यसरी किटनाशक स्प्रे गर्दा भाइरस निष्क्रिय नहुने र झन् मानव स्वास्थ्यमा असर गर्ने भएकाले प्रयोग बन्द गर्न डब्लुएचओले आग्रह गरेको हो । डब्लुएचओले एक गाइडलाइन जारी गर्दै उक्त स्प्रेले भाइरसलाई कुनै असर नगर्ने जनाएको छ ।

कतिपय ठाउँमा मानिसहरूमा पनि डिसइन्फेक्टेन्ट छर्किएको पाइएको छ, तर यसो गर्नु झन् गलत हुने डब्ल्युएचओले जनाएको छ ।

संगठनका अनुसार अहिले प्रयोग गरिएजसरी कीटनाशक औषधि छर्किँदा मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत असर पुग्ने जनाइएको छ ।

फर्माल्डिहाइड, क्लोरिन वा अन्य कुनै पनि रसायनको प्रयोगले नाक, आँखा, छाला पोल्ने, श्वासप्रश्वासमा समस्यामा हुने, पेट वा आन्द्रामा रोग लाग्न सक्ने संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले घरभित्र कीटनाशक औषधिको प्रयोग गर्नुपरे कपडामा भिजाएर पुछ्न सकिने बताएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ११ : ०० बजे

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

अचानक बिरामी भएका निश्कल अस्पतालबाटै माग्दैछन् भोट

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राई बिरामी परेका

एसियाली खेलकुदमा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार दिने सरकारको निर्णय

काठमाडाैँ – सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका