नयाँ नक्साले नेपालीको स्वाभिमान बढायो, प्रधानमन्त्रीलाई धन्यवाद : दिनानाथ शर्मा « Khabarhub

नयाँ नक्साले नेपालीको स्वाभिमान बढायो, प्रधानमन्त्रीलाई धन्यवाद : दिनानाथ शर्मा


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता एवं राष्ट्रिय सभाका सदस्य दिनानाथ शर्माले नेपाल सरकारले जारी गरेको नयाँ नक्साले नेपालीको स्वाभिमान उच्चो बनाएको बताएका छन् ।

राष्ट्रिय सभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै शर्माले भारतले अतिक्रमित गरेको नेपाली भू-भाग समेटेर नक्सा सार्वजनिक गरेकोमा नेपाल सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री ओलीलाई धन्यवाद पनि दिए ।

‘इतिहासका विभिन्न कालखण्डमा धेरै प्रधानमन्त्रीहरू भए, यही सरकार र अहिलेको प्रधानमन्त्री जसले हिजोको संकटपूर्ण अवस्थामा भारतले नाकाबन्दी लगाउदाखेरी नेपाली जनतालाई दृढतापूर्वक राष्ट्रियताका पक्षमा उभिएर भूकम्पकाबिरुद्ध संघर्ष गर्न प्रेरित गर्नुभएको छ,’ शर्माले भने, ‘यसपटक हाम्रो राष्ट्रिय गौरव राष्ट्रिय स्वाभिमानलाई उचा राख्ने काम गरेको छ । हामी माननीय सदस्यहरूले माग गरेअनुसार र चाहानाअनुसारको निर्णय गरेकोमा सरकार र प्रधानमन्त्रीलाई बधाई एवं शुभकामना दिन चाहान्छु ।’

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ११ : ४३ बजे

चुनावपछि पहिलोपटक झापा–इलाम पुगे ओली, मिसन जनजागरण अभियान सुरु गर्ने

इलाम – फागुन २१ गते सम्पन्न निर्वाचनपछि नेकपा (एमाले) का

कास्कीका दुग्ध उत्पादक किसानलाई अनुदान

कास्की– गत आर्थिक वर्षमा सञ्चालित दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी टिकट काउन्टर थप

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले स्वास्थ्य बिमा सेवा प्रभावकारी,

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं–  उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च अदालत

देउवालाई हटाएर, पार्टी कब्जा गरेर कांग्रेस चल्दैन, विधानअनुसार नेतृत्व फेरौँ

काठमाडौं– नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा