नयाँ नक्साले नेपालीको स्वाभिमान बढायो, प्रधानमन्त्रीलाई धन्यवाद : दिनानाथ शर्मा « Khabarhub

नयाँ नक्साले नेपालीको स्वाभिमान बढायो, प्रधानमन्त्रीलाई धन्यवाद : दिनानाथ शर्मा


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता एवं राष्ट्रिय सभाका सदस्य दिनानाथ शर्माले नेपाल सरकारले जारी गरेको नयाँ नक्साले नेपालीको स्वाभिमान उच्चो बनाएको बताएका छन् ।

राष्ट्रिय सभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै शर्माले भारतले अतिक्रमित गरेको नेपाली भू-भाग समेटेर नक्सा सार्वजनिक गरेकोमा नेपाल सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री ओलीलाई धन्यवाद पनि दिए ।

‘इतिहासका विभिन्न कालखण्डमा धेरै प्रधानमन्त्रीहरू भए, यही सरकार र अहिलेको प्रधानमन्त्री जसले हिजोको संकटपूर्ण अवस्थामा भारतले नाकाबन्दी लगाउदाखेरी नेपाली जनतालाई दृढतापूर्वक राष्ट्रियताका पक्षमा उभिएर भूकम्पकाबिरुद्ध संघर्ष गर्न प्रेरित गर्नुभएको छ,’ शर्माले भने, ‘यसपटक हाम्रो राष्ट्रिय गौरव राष्ट्रिय स्वाभिमानलाई उचा राख्ने काम गरेको छ । हामी माननीय सदस्यहरूले माग गरेअनुसार र चाहानाअनुसारको निर्णय गरेकोमा सरकार र प्रधानमन्त्रीलाई बधाई एवं शुभकामना दिन चाहान्छु ।’

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ११ : ४३ बजे

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक