‘आम्दानी गुमाएकालाई सरकारले रोजगारीको व्यवस्था गर्छ’ « Khabarhub

‘आम्दानी गुमाएकालाई सरकारले रोजगारीको व्यवस्था गर्छ’


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी गुमाएका नागरिकलाई रोजगारी दिने बताएका छन् ।

आज संसद बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आम्दानी नभएका र आम्दानी गुमाएकाहरुको सरकारले व्यवस्था गर्ने प्रतिवद्धता जनाए ।

गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले निम्न आय भएका वर्गलाई प्याकेज मात्र नभएर रोजगारीको व्यवस्था गर्ने बताए । निम्न आय भएका व्यक्तिहरुको सम्बन्धमा प्याकेज नल्याइएको भन्ने विषयमा प्रमुख प्रतिपक्षदल लगायत अन्य दलले असन्तुष्टि जनाएका थिए ।

‘प्याकेज देखाउने होइन । हामी जहाँ छौ जस्तो अवस्थामा छौ । आर्थिक अवस्थाका सन्दर्भमा भन्ने एउटा गर्ने अर्को गर्न हुदैन । प्याकेज घोषणा गर्दा राज्यले धान्न र स्रोतले भ्याउनेसम्म रोजगारीका अवसर उपलव्ध गराउने र उसले आम्दानीबाट जीवन चलाउन र देशको अर्थतन्त्र कमजोर हुन नदिनेतर्फ जान खोजिरहेका छौं । गरिवलाई सहारा दिने कोही छैन र काम पनि गर्न सक्दैन भने त्यस्तो मानिससँग श्रमको अपेक्षा गर्न सक्दैन त्यस्तालाई सरकारले सोचिरहेको छ’, प्रधानमनत्रीको जवाफ छ । त्यस्तै उनले आगामी दिनमा पनि त्यसैगरी अघि बढ्न सरकार लागि रहेको बताए ।

सम्बोधनका क्रममा शारीरिक अपाङता तथा अशक्त व्यम्तिहरु जो काम शारीरिक श्रम गर्न सक्दैनन् त्यस्ता व्यक्तिहरुको जिम्मा सरकारले लिने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । साथै उनीहरुको प्रवन्ध गर्न सरकार लागिरहेको बताए ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १ : ०९ बजे

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र