लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भूमि हो, हामी फिर्ता लिन्छौं- प्रधानमन्त्री « Khabarhub

लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भूमि हो, हामी फिर्ता लिन्छौं- प्रधानमन्त्री


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भूमि भएको भन्दै यसलाई जसरी पनि फिर्ता लिने बताए ।

भारतले नेपाली भूमि प्रयोग गरेर विवादको भूमि बनाएको बताउँदै प्रधानमन्त्रीले यो नेपाली भूमि यो भूमिका विषयमा कुनै विवाद नभएको बताए ।

प्रधानमन्त्रीले भने, ‘मन्त्रिपरिषदेबाट हिजो हामीले नयाँ नक्सा जारी गरेका छौं । २०१८ सालसम्म जनगणना गर्ने, तिरो उठाउने कामहरु भएका थिए । त्यसपछि तिरो उठाउन जान नदिनेजस्ता काम भयो । १९६२ मा कालापानीमा भारतीय सेना बसेपछि त्यभन्दा पश्चिमतर्फ जान बन्द गरियो । त्यसबेलाका शासकहरुले सहेर बसे । तर अब लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भूभाग फिर्ता लिएर छाड्छौं । हामी छाड्नेवाला छैनौं । हामीले कोही रिसाउँछ कि भनेर कुनै कदम चालेका हैनौं ।’

‘जसरी हामीले नीति कार्यक्रममा प्रस्तुत गरेको थियौ, त्यो काम हामीले गरेका छौं । देखाउनका लागि तथाकथित राष्ट्रवादको कुरा नेपालको नक्साका विषयमा होइन । यो कुनै तमासा गरिएको होइन, यो यथार्थमा फिर्ता लिन गरिएको हो,’ प्रधानमन्त्रीले भने ।

सरकारले सार्वजनिक गरेको नक्साका बारेमा सदनमा जानकारी गराउँदै प्रधानमन्त्रीले भने, ‘संविधानको अनूसुची–३ मा रहेको नेपालको प्रतिक चिन्ह संशोधन गर्न संविधान संसोधन प्रस्ताव पेस हुनेछ । अरु विषयमा पनि संसोधनका विषयमा भोलि छलफल गर्नसकिन्छ तर अहिले भूमि फिर्तासँग सम्बन्धित तत्कालको महत्वको विषय भएका कारण यहि अधिवेशनमा संविधान संसोधनको प्रस्ताव आउनेछ । मैले विश्वास लिएको छु । संसदले पारित गर्नेछ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १ : १७ बजे

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञमा पत्रकार दिपा दाहाल नियुक्त

रातो मच्छिन्द्रनाथलाई महास्नान गराइयो

काठमाडौं– वर्षा र सहकालका देवताको रुपमा मानिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई

हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौं– काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ

गरिब र निमुखाका लागि सहकारी : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री