माछा चोरीको विषयमा झडप हुँदा एक प्रहरीसहित पाँच घाइते | Khabarhub Khabarhub

माछा चोरीको विषयमा झडप हुँदा एक प्रहरीसहित पाँच घाइते


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- पश्चिम चितवनको मङ्गलपुरमा माछा चोरी गरेको विषयमा झडप हुँदा एक प्रहरी जवानसहित पाँच घाइते भएका छन् ।

घाइते हुनेमा भरतपुर महानगरपालिका–१५ रामपुरका ३८ वर्षीय सन्तोष थापा, ५२ वर्षीय गणेश थापा, वडा नं १६ मङ्गलपुरका २६ वर्षीय दिपेश बजगाई‌, २३ वर्षीय दीपेन्द्र बजगाईं र दङ्गा नियन्त्रण गण हेटौँडा दरबन्दी भइ रामपुरमा कार्यरत २६ वर्षीय प्रहरी जवान विजय सुनार छन् । गणेश, सन्तोष र दिपेश दीपेन्द्र दाजुभाइ भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार सोमबार राति १० बजेतिर विवाद हुँदा झडप भएको हो । स्थानीय दिपेश र दीपेन्द्रले पोखरी भाडामा लिइ पालिएको माछा सन्तोष र गणेशले चोर्दै गरेको भेटिएपछि चोरी गर्नेलाई बजगाईँ दाजुभाइले लखेटेका थिए । सोही क्रममा बजगाईँ दाजुभाइले खबर गरेका र प्रहरी आएपछि दुई पक्षबीच पोखरीभन्दा केही पर रङ्गशाला निमार्णस्थल नजिकै झडप भएको थियो ।

प्रहरी नायब उपरीक्षक कोइरालाका अनुसार थापा दाजुभाइले खुकुरी प्रहार गर्दा प्रहरी जवान सुनार गम्भीर घाइते भएका छन् । थापा र बजगार्इं दाजुभाइ पनि घाइते भएको उनले जानकारी दिए । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ३ : ४५ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

आज २०८२ साल भदौ २५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति