काठमाडौंमा ८१ जनाको र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ, उनीहरुको अवस्थाबारे मन्त्रालय बेखबर « Khabarhub

काठमाडौंमा ८१ जनाको र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ, उनीहरुको अवस्थाबारे मन्त्रालय बेखबर


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरेको कोरोना परीक्षणको रिपोर्ट सार्वजनिक गरेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमाफर्त मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले काठमाडौंका विभिन्न स्थानमा प्रयोगशाला परीक्षण  (पीसीआर) र र्‍यापिडड डाइग्नोष्टिक टेस्ट (आरडीटी) विधिबाट गरिएको परीक्षणको नजिता सार्वजनिक गरेका हुन ।

प्रवक्ता डा देवकोटाका अनुसार २ हजार २ सय ३६ जनाको आरडीटी विधिबाट गरिएको परीक्षणमा ८१ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

डा देवकोटाका अनुसार कालीमाटि क्षेत्रमा आरडीटी विधिबाट ७ सय नमूना परीक्षण गरिएकोमा ३ जनामा आरडीटीको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै सोही क्षेत्रमा पीसीआर विधिबाट ३ सय ३४ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको डा देवकोटाले जानकारी दिए ।

यस्तै काठमाडौं उपत्यकामा सरसफाइका कर्मचारीहरुको ६ सय ६४ जनाको आरडीटी विधिबाट गरिएको परिक्षणमा ३१ जनामा पोजेटिभ आएको छ । यस्तै २ सय ६७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएका छ ।

यस्तै गोंगबु क्षेत्रमा ४ सय २० जनाको आरडीटी विधिबाट गरिएको परीक्षणमा १५ जनाको नमूना पोजेटिभ आएको छ । यस्तै सो क्षेत्रमा पीसीआर विधिबाट १ सय ७२ कोरोना परीक्षणको लागि नमूना संकलन गरिएको तर रिपोर्ट भने आउन बाँकी रहेको प्रवक्ता डा देवकोटाले बताए ।

यस्तै भृकुटीमण्डम क्षेत्रमा ४ सय ५२ जनाको आरडीटी विधिबाट गरिएको परीक्षणमा ३२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । डा देवकोटाका अनुसार २ सय ४६ वटा पीसीआर विधिबाट गरिएको परीक्षणको नमूना आउन बाँकी छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आरडीटी विधिबाट पोजेटिभ देखिएका ८१ जनाको अवस्थाबारे भने कुनै जानकारी नभएको बताए ।

डा देवकोटाले भने, ‘आरडीटी पोजेटिभ आएकाहरुको फेरी पीसीआर विधिबाट पनि परीक्षण हुन्छ, आरडीटी पोजेटिभ आउँदैमा आइसोलेट गरेको जानकारी चाँही छैन । उनीहरुको कन्ट्रयाक ट्रेसिङ भए वा नभएको मलाई कुनै जानकारी आएको छैन ।’

आरडीटी परीक्षणको रिपोर्टबारे जानकारी नगराउने तर परीक्षणको क्रम भने नरोकिएको भन्दै विरोध भएपछि स्वास्थ्य मन्त्रालयले मंगलबारको लाइभ अपडेटमा भने काठमाडौं उपत्यकामा गरिएको आरडीटी परिक्षणको पनि नतिजा सार्वजनिक गरेको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले आरडीटीमा पोजेटिभ देखिएकाहरुको संख्या बताए पनि उनीहरुको अवस्थाबारे कुनै जानकारी दिएका छैनन् ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ५ : ४४ बजे

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी

प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

बागलुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा

ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

काठमाडौं – धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको मनमैजुमा जात्रा