बुबाको हत्या गर्ने छोरी पक्राउ « Khabarhub

बुबाको हत्या गर्ने छोरी पक्राउ


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- बुबाको हत्या गरी फरार रहेकी सुष्मा राईलाई प्रहरीले पक्राउ गरेको छ । ५२ वर्षीय बुबा फुलबहादुरलाई गए राति हत्या गरी फरार रहेकी छोरीलाई नजिकैको जङ्गलबाट प्रहरीले पक्राउ गरेको हो ।

इलाम सन्दकपुर गाउँपालिका–३ स्थायी घर भइ माइत देउमाई नगरपालिका–६ शान्तिडाँडामा बसोबास गर्दै आएकी सुष्माले घरायसी निहुँमा बुबाको हत्या गरेको बताइएको छ । सुष्माले बुबालाई टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय मङ्गलबारेको संयुक्त टोलीले खोज तथा अनुसन्धान गरी आजै सुष्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार घटनास्थलबाट दक्षिणतर्फको जङ्गलमा लुकेर बसेकी उनलाई प्रहरीले पक्राउ गरको छ । उनको साथबाट बञ्चरोसमेत नियन्त्रणमा लिइएको छ । सुष्मालाई जिल्ला प्रहरी कार्यालय इलामबाट कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ६ : ४० बजे

‘सीप र कला कुनै जातको हुँदैन’

महोत्तरी– ‘सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

काठमाडौं – केही समयको आरामसँगै भारतका ब्याट्सम्यान विराट कोहलीले दक्षिण

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न

पेनाल्टीको अवसरले हारबाट जोगियो रियल म्याड्रिड

काठमाडौं – सुरुवाती अग्रता लिएको गिरोनाविरुद्ध पेनाल्टीको अवसर पाएसँगै रियल

एनपीएलमा आज ‘ब्रेक’ : १९ खेल सकिँदा कस्तो बन्यो अंक तालिका ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार