गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुग्यो « Khabarhub

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुग्यो

शुक्रबार २४ जनामा संक्रमण पुष्टि


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा बाग्लुङमा १४, कास्कीमा ६, नवलपरासी बर्दघाट (सुस्ता पूर्ब ) २ र स्याङ्जामा २ गरी थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।

उनीहरूमध्ये ४ जना महिला र २० जना पुरूष छन् । संक्रमित हुनेहरूमा नवलपरासी बर्दघाट (सुस्ता पूर्ब ) विनयत्रिवेणी गाउँपालिकामा २८ र २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाग्लुङको गल्कोट नगरपालिकामा ८ जना र कोठेखोला गाउँपालिकामा ६ जनामा कोरोना पुष्टि भएको छ । गल्कोटमा ३५, ३८, ३०, २२, १९ र ४५ वर्षका पुरुष तथा ४२ र २० वर्षका महिलामा कोरोना भाइरस देखिएको छ ।

कास्कीको पोखरा महानगरपालिकाका ५ जना र रुपा गाउँपालिकाका एकजना पुरुष पनि संक्रमित छन् । पोखरा महानगरमा भेटिएका संक्रमित १९ वर्षका २ जना र ४१ वर्षका एकजना पुरुष छन् ।  त्यस्तै, ३० र ५६ वर्षीया २ जनामा महिलामा समेत कोरोना भाइरस पुष्टि भएको छ । यस्तै रुपा गाउँपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना भाइरस पाइएको छ ।

स्याङ्जाका २ जनामा कालीगण्डकी गाउँपालिकाका ३६ वर्षीय एक जना पुरुष हुन् भने अर्का ६३ वर्षीय पुरुषको ठेगाना खुल्न नसकेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

उनीहरु सबैजना भारतबाट फर्किएका हुन् । सबै संक्रमितलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३४८ पुगेको शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ६ : ४२ बजे

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित