पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, आकस्मिकबाहेकका सेवा बन्द « Khabarhub

पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, आकस्मिकबाहेकका सेवा बन्द


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पर्वत अस्पताका पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिए ।

पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालको इमर्जेन्सी बाहेकका अरु सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको डा. देवकोटाले बताए ।

पर्वत अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै अस्पतालका सेवा बन्द गरिएको जानकारी दिएको हो ।

अस्पतालको आइसोलेसनमा हाल ३० जना कोरोना संक्रमित उपचाररत छन् । ती संक्रमित सबै भारतबाट आएका डा. देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १० : ४० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना