हिंसामुक्त क्वारेन्टिन बनाइँदै « Khabarhub

हिंसामुक्त क्वारेन्टिन बनाइँदै


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- विभिन्न जिल्लाका क्वारेन्टिनमा यौनजन्य हिंसात्मक घटना बाहिरिएपछि सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोक र कोभिड–१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमाण्ड पोष्टले संयुक्तरुपमा क्वारेन्टिनलाई हिंसामुक्त बनाउने तयारी थालेका छन् ।

केन्द्र र पोष्ट काभ्रेपलाञ्चोकमा रहेका क्वारेन्टिन थप व्यवस्थित गर्दै महिला, गर्भवती, सुत्केरीमाथि लैङ्गिक तथा घरेलु हिंसा हुन नदिन आवश्यक तयारी थालिएको हो । जिल्लाका क्वारेन्टिनलाई हिंसामुक्त बनाउन आवश्यक सेवा सुविधाको व्यवस्थापनमा लागिएको केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने, “विशेषत महिलामाथि हुने हिंसा हुन नदिन सोहीअनुसार क्वारेन्टिन बसाई तथा सेवा दिने व्यवस्थापनमा जुटेका हौँ ।”

तिमल्सिनाका अनुसार सबै क्वारेन्टिनमा व्यक्तिगत सुरक्षाका साथै स्वास्थ्य सुरक्षालाई मजबुत बनाउन निर्देशन दिइएको छ । “क्वारेन्टिन सुरक्षाको अनुगमन भइरहेको छ भने कडा सुरक्षा रणनीतिबारे योजना बनाउँदैछौँ”, उनले भने । उनले क्वारेन्टिनमा बसेकालाई स्वास्थ्य सामग्री उपलब्धतामा समेत प्राथमिकता दिइएको बताए । केन्द्रका अनुसार हाल जिल्लास्थित विभिन्न क्वारेन्टिनमा २९ महिलासहित ८६ जना बसेका छन् ।

यसैबीच, दुई साता अघि काभ्रेपलाञ्चोकका पाँचमा कोरोना सङ्क्रमण देखिएपछि पोष्टले क्वारेन्टिनको स्वास्थ्य सुरक्षाबारे नियमित अनुगमन गरिरहेको छ ।
“नियमित अनुगमन तथा स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिएपछि थप सङ्क्रमण फैलिएको छैन”, पोष्ट सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भने । उनका अनुसार स्थानीय तहमा रहेका क्वारेन्टिनको क्षमता विस्तार गर्दै स्वास्थ्य सुरक्षा थप व्यवस्थित गर्ने कार्य भइरहेको छ । १३ स्थानीय तहका क्वारेन्टिनलाई १०० कक्ष क्षमताको बनाउने तयारी गरिएको हो ।

साथै, तेस्रो मुलुकबाट काभ्रेपलाञ्चोक फर्किएका दुर्गम तीन स्थानीय तहका नागरिक राख्न सदरमुकाम धुलिखेलस्थित धुलिखेल क्याम्पसमा ७५ श्ययाको क्वारेन्टिन व्यवस्थित गरिएको छ । यस क्वारेन्टिनमा हाल स्वाब सङ्कलन बुथसमेत राखिएको छ । काभ्रेपलाञ्चोकमा हालसम्म स्थानीय तहलगायत विभिन्न सङ्घसंस्थाद्वारा ८०३ बेडको क्वारेन्टिन व्यवस्थित गरिएको छ ।

आठ बेडको धुलिखेलमा १५ र पाँच बेडको शिरमेमोरियलमा १० बेड आइसोलेन कक्ष बनाउने तथा मेथिनकोट अस्पताल, पाँचखाल र धुलिखेलस्थित विद्यालयमा १०/१० बेड आइसोलेशन बेड व्यवस्थित बनाउन लागिएको पोष्टले जनाएको छ ।

हाल तेस्रो मुलकबाट काभ्रेली फर्किरहेका छन् । विभिन्न देशमा ११ हजार ५८७ काभ्रेली रहेको पोष्टको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये एक हजार १२५ भारतमा बस्दै आएका हुन् ।

विदेशबाट आउने पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण गरेर आउने भएकाले पुनः जिल्लास्थित विभिन्न क्वारेन्टिनमा बसाई तथा समयावधि सकिएपछि पनि कोरोना भाइरसको सङ्क्रमण देखिए तत्काल परीक्षण गरिनेछ भने संक्रमण नदेखिएकालाई ‘होम क्वारेन्टिन’मा बसाइने झाले बताए । उनका अनुसार विदेशबाट आएकामध्ये आफैँ खर्च व्यहोर्न सक्नेलाई धुलिखेलस्थित सुविधा सम्पन्न होटल क्वारेन्टिन राख्ने तयारीसमेत गरिएको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १२ : ०९ बजे

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी