गुल्मीमा होम क्वारेन्टिनमा रहेका ६९ वर्षका पुरुषको मृत्यु | Khabarhub Khabarhub

गुल्मीमा होम क्वारेन्टिनमा रहेका ६९ वर्षका पुरुषको मृत्यु


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीमा होम क्वारेन्टिनमा बसेका ६९ वर्षीय एक पुरूषको मृत्यु भएको छ।

१३ दिन पहिले मुम्बईबाट आएका उनको बिहीबार राति मृत्यु भएको हो । उनलाई प्यारालाइसिसको समस्या रहेको गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिए।

भारतबाट आएको भए पनि प्यारालाइसिसको बिरामी भएकोले उनलाई घरपरिवारले रेखदेख गर्ने गरी गाउँपालिका वडा नम्बर ५ मैनडाँडामा रहेको घरमै सुरक्षित रूपमा राखिएको पन्थले जानकारी दिए।

आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको भए पनि पीसीआर परीक्षण गर्न शुक्रबार बिहानमात्र उनको स्वाब संकलन गरिएको छ।

स्वाब भैरहवा पठाएर परीक्षण गरी रिपोर्ट आउन समय लाग्ने भएकोले उनको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको पन्थले जानकारी दिए।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १ : ५० बजे

अमेरिकी सरकारी सटडाउन अन्त्यतर्फ सिनेटको निर्णायक पहल

एजेन्सी– अमेरिकी इतिहासमा सबैभन्दा दीर्घकालीन सरकारी सटडाउन ४०औँ दिनमा पुग्दा

उन्नत जातका धानखेतीतर्फ आकर्षण किसान 

गलेश्वर– गुणस्तरभन्दा उत्पादनलाई प्राथमिकता दिँदै उन्नत जातको धानबालीतर्फ जिल्लाका किसान

बैतडी कारागारका कैदीबन्दीलाई स्थानान्तरण गरिँदै

बैतडी–  जिल्ला कारागारका सबै कैदीबन्दीलाई स्थानान्तरणको तयारी गरिएको छ ।

मुख्यमन्त्री नियुक्तिविरूद्ध कांग्रेससहित मधेशका सात दल सर्वोच्च जाने

जनकपुरधाम- मधेश प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई

आगलागीमा जलेर एक जनाको मृत्यु

महोत्तरी– मनराशिसवा नगरपालिका-१० मरूवाही बस्ने बिकाउ पासवानको गोठमा आइतबार राति आगलागी हुँदा