कोरोना जितेकी प्रसिद्धीले भनिन्- कोरोनाबारे प्रधानमन्त्रीको बकवास अत्ति भो « Khabarhub

कोरोना जितेकी प्रसिद्धीले भनिन्- कोरोनाबारे प्रधानमन्त्रीको बकवास अत्ति भो


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण र यसको नियन्त्रणका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले बेलाबेलामा विभिन्न जानकारी दिने गरेका छन् ।

स‌ंघीय संसदको प्रतिनिधिसभामा कोरोनाबारे धारणा राख्दै नेपालीको रोगप्रतिरोधी क्षमता बढी भएकाले खासै असर नगर्ने बताएपछि सामाजिक सञ्जालमा आलोचनाका पात्र बनेका प्रधानमन्त्री ओलीले बिहीबार फेरि राष्ट्रियसभाको बैठकमा कोरोनाबारे लामै समय भाषण दिए । उनले कोरोनालाई रुघाखोकीसँग तुलना गरे ।

उनले भने, ‘कोरोना भनेको रुघाखोकी जस्तो हो, लागिहाल्यो भने हाँच्छिउ साँच्छिउ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ, उच्च मनोबल राख्नुपर्छ त्यति गरेमा कोरोनाले लान सक्दैन ।’

प्रधानमन्त्रीले बेसारको बारेमा पनि लामै समय खर्चिए । उनको भनाइको अहिले पनि चौतर्फी आलोचना भइरहेको छ । प्रधानमन्त्रीको भनाइप्रति नेपालमा कोरोना सङ्क्रमण देखिएकी दोस्रो बिरामी प्रसिद्धी श्रेष्ठले पनि आपत्ति जनाएकी छन् ।

उनी अहिले निको भइसकेकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले जे पायो त्यही भनेर कोरोनाका बिरामीको उपेक्षा गरेको पनि आरोप लगाइन ।

प्रसिद्धीले ट्विटरमार्फत भनेकी छन्, ‘मैले कोरोना भोगिसकेको छु, यो कुनै सामान्य फ्लू होइन, श्वास फेर्न गाह्रो हुन्छ, थकाइ लाग्छ, कृपया आफ्नो मनोरञ्जनको लागि कोरोना बिरामीको दुःखमा नखेल्नुहोस, यो बकवास अत्ति भयो ।’

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  २ : ५० बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६

आज २०८३ साल साउन १७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको