डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप | Khabarhub Khabarhub

डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप

लाहानमा तनाव


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहाको लहानस्थित लिला मदन पोलिक्लिनिकमा अपरेशन गराउन आएकी एक महिलाको ज्यान गएको छ । पोलिक्लिनिकका डाक्टरको लापरवाहीले महिलाको ज्यान गएको पीडित परिवारको आरोप छ ।

सप्तरीको खड्ग नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी वर्ष २३ की मौसम खातुनको २५ दिनअघि लिलामदनमै प्रसूतिको अपरेशन गरिएको थियो ।

अपरेशनको दुई वटा टाँका चुडेपछि खातुनलाई पीडा भएको थियो । पेट दुखेपछि पुनः अस्पताल आउँदा ३० हजार रुपैयाँ लाग्ने र पुनः अपरेशन गर्नुपर्ने भन्दै अस्पतालले रकमको लोभमा अपरेशन गरेको परिवारजनको आरोप छ ।

दोस्रोपटक अपरेसनमा लापरबाही भएकोले खातुनको ज्यान गएको परिवारजनको भनाइ छ । खातुनको मृत्यु लगत्तै क्लिनिकका डाक्टर डा. दिलिप साह फरार रहेका छन् । अहिलेसम्म उनी सम्पर्कमा नआएको पोलिक्लिनिक स्रोतले जनाए । घटना लगतै पोलिक्लिनिकका सञ्चालक पीडित परिवारलाई मिलाउने प्रयास गरिरहेका छन् ।

अवस्था तनावग्रस्त भएपछि ईलाका प्रहरी कार्यालय लहानको टोली अस्पताल पुगेको थियो । अहिले घटनाको अनुसन्धान भइरहेको ईप्रका लाहानका डिएसपी सरत थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ४ : ०३ बजे

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै