डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप « Khabarhub

डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप

लाहानमा तनाव


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहाको लहानस्थित लिला मदन पोलिक्लिनिकमा अपरेशन गराउन आएकी एक महिलाको ज्यान गएको छ । पोलिक्लिनिकका डाक्टरको लापरवाहीले महिलाको ज्यान गएको पीडित परिवारको आरोप छ ।

सप्तरीको खड्ग नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी वर्ष २३ की मौसम खातुनको २५ दिनअघि लिलामदनमै प्रसूतिको अपरेशन गरिएको थियो ।

अपरेशनको दुई वटा टाँका चुडेपछि खातुनलाई पीडा भएको थियो । पेट दुखेपछि पुनः अस्पताल आउँदा ३० हजार रुपैयाँ लाग्ने र पुनः अपरेशन गर्नुपर्ने भन्दै अस्पतालले रकमको लोभमा अपरेशन गरेको परिवारजनको आरोप छ ।

दोस्रोपटक अपरेसनमा लापरबाही भएकोले खातुनको ज्यान गएको परिवारजनको भनाइ छ । खातुनको मृत्यु लगत्तै क्लिनिकका डाक्टर डा. दिलिप साह फरार रहेका छन् । अहिलेसम्म उनी सम्पर्कमा नआएको पोलिक्लिनिक स्रोतले जनाए । घटना लगतै पोलिक्लिनिकका सञ्चालक पीडित परिवारलाई मिलाउने प्रयास गरिरहेका छन् ।

अवस्था तनावग्रस्त भएपछि ईलाका प्रहरी कार्यालय लहानको टोली अस्पताल पुगेको थियो । अहिले घटनाको अनुसन्धान भइरहेको ईप्रका लाहानका डिएसपी सरत थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ४ : ०३ बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि