शुक्रबार एकैदिन थपिए ४२६ संक्रमित, कुन जिल्लामा कति ? (सूचीसहित) | Khabarhub Khabarhub

शुक्रबार एकैदिन थपिए ४२६ संक्रमित, कुन जिल्लामा कति ? (सूचीसहित)


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ८ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ८ हजार  २७४पुगेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार नयाँ थपिएका संक्रमितहरु मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् ।

कुन जिल्लामा कति थपिए ?

डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा झापाका एकजना महिला, मोरङकी एकजना महिला र एकजना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका एक महिला र १० जना पुरुष, सप्तरीका एक महिला र तीन पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका एक महिला र ६ जना पुरुष, बाग्लुङका २ महिला र १६ पुरुष, बैतडीका ७ जना महिला र ५६ जना पुरुष, बझाङका एक महिला र २ जना पुरुष, बाजुराका ८ जना पुरुष, डडेल्धुराका ९ जना पुरुष र धादिङकी एकजना महिला, डोटीका ३ महिला र १२ पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

यसैगरी गोरखाका एक महिला र १० जना पुरुष, कैलालीका १३ महिला र ३३ पुरुष, कास्कीका एक महिला र एक पुरुष, काठमाडौंका २ महिला र एक पुरुष, मकवानपुरका ३ महिला, मोरङका एक महिला, म्याग्दीका एकजना पुरुष, नवलपरासी पुर्वका २ जना पुरुष, सिन्धुपाल्चोकका १० जना महिला र ११ जना पुरुष, तनहुँका ३ महिला र १६ पुरुष, पर्वतका ३ महिला र २ पुरुष, उदयपुरका २ महिला, सिन्धुलीकी एक महिला र चितवनकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार किटजन्य रोग तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा मकवानपुरकी एक महिला र ५ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा बैतडीको एक महिला र ४ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा स्याङ्जाका एकजना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा गरिएको परीक्षणमा कास्कीका २ महिला र ४ पुरुष, नवलपरासी पुर्वका २ महिला, स्याङ्जाका एक पुरुष र बाग्लुङका २ महिला र ६ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बाग्लुङका ६ जना पुरुष, स्याङ्जाका एकजना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका २ महिला र ४ पुरुष, गुल्मीका १६ महिला र ७८ पुरुष, कपिलवस्तुका ४ पुरुष, नवलपरासी पश्चिमका एकजना पुरुष र रुपन्देहीका २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका एकजना पुरुष, कैलालीका २ महिला र एक पुरुष, कंचनपुरका एक महिला र १९ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

१ हजार ४०२ निको भए

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा २१६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४०२पुगेको छ ।

नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।

 

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ५ : ०१ बजे

गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द

जलेश्वर– विगत एक सातादेखि अचानक गर्मी बढेपछि जिल्लाका अधिकांश विद्यालय

लेबनानको हिजबुल्लाहमा भएको इजरायली आक्रमणमा ४९२ जनाको मृत्यु

एजेन्सी– लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार भएको इजरायली आक्रमणमा लेबनानमा

एनएमबी बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा विषेश छुट

काठमाडौं– एनएमबी बैंक लिमिटेड र बुद्ध एयरले एनएमबी बुद्ध भिसा

दुई महिनामा ६ अर्बभन्दा बढीका स्मार्टफोन भित्रिए 

काठमाडौं– चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो दुई महिनामा ६

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका टोली अनुगमनमा सक्रिय

काठमाडौं– खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित अनुगमन