विप्लव समूहका जिल्ला इन्चार्ज पक्राउ « Khabarhub

विप्लव समूहका जिल्ला इन्चार्ज पक्राउ


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– प्रहरीले प्रतिबन्धित नेत्र विक्रम चन्ल ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दाङ जिल्ला इन्चार्जलाई पक्राउ गरेको छ ।

दाङको बिजौरी, मानपुर र डुरुवा इन्चार्ज मदन केसीलाई दाङको बिजौरीबाट प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

तुलसीपुरको ग्वारखोलामा जेसीबीमा आगजनी भएको घटनामा केसीको हात रहेको आशंकामा उनलाई पक्राउ गरिएको हो ।

ग्वारखोला र देउखुरीमा गरी ६ वटा जेसीबीमा आगजनी गर्ने विप्लव माओवादीका कार्यकर्ता नै रहेको प्रहरीको आशंका छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ५ : ५८ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि