राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ जनामा कोरोना पुष्टि, अस्पतालका सबै सेवा बन्द « Khabarhub

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ जनामा कोरोना पुष्टि, अस्पतालका सबै सेवा बन्द


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारजना चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै आकस्मिक लगायतका सबै सेवा बन्द गरिएको छ ।

अस्पतालले विज्ञप्तिमार्फत चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको हो ।

अस्पतालमै कार्यरत चार जना छ चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोना पुष्टि भएपछि अस्पतालले दुई दिनका लागि आकस्मिक लगायत सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

अस्पतालका चिकित्सकमा संक्रमण भेटिएपछि अस्पताल परिसरलाइ नै निसंक्रमण गर्नका लागि २ दिन अस्पताल बन्द गर्न लागिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले विभिन्न निर्देशिका र मापदण्ड बनाउँदै कोरोना संक्रमित भेटिएमा अस्पताल बन्द गर्न नपाइने नियम बनाएको छ ।

अस्पतालमा संक्रमित भेटिएमा जतिसक्दो छिटो निसंक्रमण गरी अस्पतालले सेवा सुचारु गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको मापदण्ड छ ।

तर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको भन्दै दुई दिनका लागि सेवा बन्द गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भने कुनै पनि अस्पताललाई चिकित्सकमै कोरोना संक्रमित भएकै आधारमा सेवा बन्द गर्न निर्देशन नभएको बताए ।

सहप्रवक्ता डा अधिकारीले कुनै पनि अस्पतालमा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएमा जतिसक्दो छिटो अस्पताललाई निसंक्रमण गरेर सेवा सुचारु गर्नुपर्ने बताए ।

उनले निजी अस्पतालहरुलाई समेत सेवा बन्द नगर्न निर्देशन दिइएको समयमा सरकारी अस्पताल समेत बन्द हुनु गलत भएको बताए ।

सहप्रवक्ता डा अधिकारीले खबरहबसँग भने, नियमित ड्युटीमा खटिने चिकित्सकमा संक्रमण देखिएर सेवा गर्ने अन्य चिकित्सक नहुँदा सेवा प्रवाह हुन नसकेको भन्ने कुरा चाँही हामीले जानकारी पाएका छौं, स्वास्थ्यकर्मीमा संक्रमण देखिएकै आधारमा सेवा बन्द गर्नु भनेका पनि छैनौं र हामीले बन्द हुन दिदैनौं ।

चिकित्सकमा संक्रमण देखिएर राप्ती स्वासथ्य विज्ञान प्रतिष्ठान र पर्वत अस्पताल बन्द भएको जानकारी पाएकाले स्वास्थ्य मन्त्रालयले भोली नै ती अस्पतालसँग छलफल गरेर सेवा सुचारु गर्न प्रयास गर्ने पनि सहप्रवक्ता डा अधिकारीले बताए ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ८ : ५६ बजे

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको