राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ जनामा कोरोना पुष्टि, अस्पतालका सबै सेवा बन्द | Khabarhub Khabarhub

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ जनामा कोरोना पुष्टि, अस्पतालका सबै सेवा बन्द


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारजना चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै आकस्मिक लगायतका सबै सेवा बन्द गरिएको छ ।

अस्पतालले विज्ञप्तिमार्फत चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको हो ।

अस्पतालमै कार्यरत चार जना छ चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोना पुष्टि भएपछि अस्पतालले दुई दिनका लागि आकस्मिक लगायत सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

अस्पतालका चिकित्सकमा संक्रमण भेटिएपछि अस्पताल परिसरलाइ नै निसंक्रमण गर्नका लागि २ दिन अस्पताल बन्द गर्न लागिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले विभिन्न निर्देशिका र मापदण्ड बनाउँदै कोरोना संक्रमित भेटिएमा अस्पताल बन्द गर्न नपाइने नियम बनाएको छ ।

अस्पतालमा संक्रमित भेटिएमा जतिसक्दो छिटो निसंक्रमण गरी अस्पतालले सेवा सुचारु गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको मापदण्ड छ ।

तर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको भन्दै दुई दिनका लागि सेवा बन्द गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भने कुनै पनि अस्पताललाई चिकित्सकमै कोरोना संक्रमित भएकै आधारमा सेवा बन्द गर्न निर्देशन नभएको बताए ।

सहप्रवक्ता डा अधिकारीले कुनै पनि अस्पतालमा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएमा जतिसक्दो छिटो अस्पताललाई निसंक्रमण गरेर सेवा सुचारु गर्नुपर्ने बताए ।

उनले निजी अस्पतालहरुलाई समेत सेवा बन्द नगर्न निर्देशन दिइएको समयमा सरकारी अस्पताल समेत बन्द हुनु गलत भएको बताए ।

सहप्रवक्ता डा अधिकारीले खबरहबसँग भने, नियमित ड्युटीमा खटिने चिकित्सकमा संक्रमण देखिएर सेवा गर्ने अन्य चिकित्सक नहुँदा सेवा प्रवाह हुन नसकेको भन्ने कुरा चाँही हामीले जानकारी पाएका छौं, स्वास्थ्यकर्मीमा संक्रमण देखिएकै आधारमा सेवा बन्द गर्नु भनेका पनि छैनौं र हामीले बन्द हुन दिदैनौं ।

चिकित्सकमा संक्रमण देखिएर राप्ती स्वासथ्य विज्ञान प्रतिष्ठान र पर्वत अस्पताल बन्द भएको जानकारी पाएकाले स्वास्थ्य मन्त्रालयले भोली नै ती अस्पतालसँग छलफल गरेर सेवा सुचारु गर्न प्रयास गर्ने पनि सहप्रवक्ता डा अधिकारीले बताए ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ८ : ५६ बजे

जेनजी आन्दोलनका नाममा बर्दिवासमा एक सय ८३ सालका रुख कटान

धनुषा – जेनजी आन्दोलनका नाममा बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित टुटेश्वरनाथ साझेदारी

देशको अवस्था सामान्य नहुने बेलासम्म ‘कमेडी दरबार’ प्रसारण नहुने

काठमाडौं – जेनजी आन्दोलनले देशमा उत्पन्न असामान्य परिस्थितिको कारण देखाउँदै

संविधान बोक्दै काभ्रेमा पत्रकार र वकिलको मौन प्रदर्शन

काठमाडौँ – काभ्रेमा नेपाल पत्रकार महासङ्घको जिल्ला शाखा र नेपाल

दलसँग निकटताले निशानामा मीनबहादुर, विनोद चौधरीदेखि हिल्टन सञ्चालकसम्म

काठमाडौँ– यही सोमबार भएको प्रदर्शनमा राज्यपक्षबाट भएको दमनविरुद्ध मंगबालर जेन–जी

प्रदर्शनका क्रममा निस्केका सिसालाई अन्य फोहरसँग नमिसाउन आग्रह

काठमाडौं – काठमाडौँ महानगरपालिकाले जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएका संरचनाबाट