मनसुनजन्य विपत्तिको जोखिम रोक्न आवश्यक पूर्वतयारी थाल्नुस् : मन्त्री थापा « Khabarhub

मनसुनजन्य विपत्तिको जोखिम रोक्न आवश्यक पूर्वतयारी थाल्नुस् : मन्त्री थापा


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृह मन्त्रालयले कोभिड–१९ सँगै मनसुनजन्य विपद रोक्ने उपायको तयारीमा जुट्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा आज मन्त्रालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले आवश्यक पूर्वतयारी थाल्न निर्देशन दिएको हो ।

बैठकमा मन्त्री थापाले मातहतका निकायलाई आवश्यक पूर्वतयारीमा जुट्न र त्यसबाट हुने क्षति रोक्ने उपाय खोजेर तयारीमा लाग्न निर्देशन दिए ।

“मनसुनजन्य विपद्सँगै कोभिड–१९ को विपद् पनि छ, त्यसलाई रोक्न र क्षति न्यूनीकरण गर्ने जिम्मेवारी हामीहरुको छ, यसमा हाम्रो भूमिका बढाउनु जरुरी छ”, गृहमन्त्री थापाले भने ।

गैरसरकारी संस्थाहरुलाई पनि विपद् रोक्ने कार्यमा सहकार्य गर्नेसमेत गृहमन्त्री थापाले आग्रह गरे ।

बैठकमा प्रस्तुत भएको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, २०७७ पास भएको गृह मन्त्रालयले जनाएको छ ।

आएका योजना उपयुक्त रहेकाले त्यसको कार्यान्वयनमा लाग्नुपर्नेमा मन्त्री थापाको जोड छ ।

उनले यो वर्ष औसतमा विपद् आउँछ भन्ने आँकलन गरिए पनि ठूलै विपद् आउँछ भन्ने ढङ्गले तयारी गरेर भूमिका निर्वाह गर्नुपर्नेमा आवश्यकता औँल्याए ।

बैठकमा मन्त्री थापाले भने, “एउटा सरकारीस्तरबाट तयारी गर्नुपर्छ, अर्काे प्रदेश र स्थानीय तहले तयारीका साथ आ–आफ्नो जिम्मेवारी लिन जरुरी रहेको छ, त्यसका साथै गैरसरकारी निकायको पनि भूमिका छ ।”

यो वर्ष विपद्को सामना गर्दा दुई वटा विपद्सँग जुध्नुपर्ने अवस्था रहेकाले तालमेल मिलाएर अघि बढ्नुपर्नेमा मन्त्री थापाले जोड दिए ।

मनसुन शुरु भएकाले त्यसबाट उत्पन्न विपद्को जोखिम पहिचान गर्दै हुनसक्ने क्षति रोक्न आवश्यक योजनाका साथ गृह मन्त्रालयले तयारी गरेको हो ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १० : १६ बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर