पार्टीबाट निकालिएकी सरिता गिरीको मुद्दामा आज सुनुवाइ हुँदै « Khabarhub

पार्टीबाट निकालिएकी सरिता गिरीको मुद्दामा आज सुनुवाइ हुँदै


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समाजवादी पार्टीबाट निकालिएकी नेतृ सरिता गिरीको मुद्दामा आज सर्बोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

न्यायाधीशहरू हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा गिरीको मुद्दामा आज सुनुवाइ हुन लागेको हो ।

समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्न जारी गरेको ह्वीप नमानेको भन्दै गिरीलाई पार्टीको साधारण सदस्य र संसद् सदस्यबाट हटाउने निर्णय गरेको थियो।

त्यसविरूद्ध गिरीले २८ असारमा पार्टी, संसद् सचिवालय लगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट हालेकी छन् । उनले आफूमाथिको कारबाही कानून विपरीतको भएको दाबी गर्दै कारबाही गर्ने निर्णय बदर गर्न माग गरेकी छन्।

सरकारले लिम्पियाधुरा समेत समेटेको नयाँ नक्शा जारी गरेपछि त्यसलाई नेपालको निशान छापमा समेट्न भएको संविधान संशोधनमा गिरी मतदान नगरी संसद् भवनबाट बाहिरिएकी थिइन्।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १० : ५७ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले