भोलिदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायी तयार | Khabarhub Khabarhub

भोलिदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायी तयार


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारको निर्णयअनुसार सोमबारदेखि सार्वजनिक सवारीसधान सञ्चालन गर्न व्यवसायीहरू तयार भएका छन्।

सरकारले असार २६ मा सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरू सञ्चालन गर्न तयार भएका हुन्।

आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरूले सोमबारदेखि यातायात सञ्चालन गर्ने बताएका छन्। विभागका महानिर्देशक गोगनबहादुर हमालले सोमबार बिहानदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने बताए।

सरकारी निर्णयअनुसार व्यवसायी र यातायात मजदुरहरूका प्रतिनिधिहरूसँगको छलफलपछि उनीहरू सञ्चालन गर्न तयार भएको उनले बताए। कोरोना भाइरस संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाइका साथ पालना गर्न पनि उनले आग्रह गरे।

सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीहरूले उठाउँदै आएका मागहरू मौद्रिक नीतिमार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताए।

नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा व्यवसायीहरूका अधिकांश मागहरू सम्बोधन भएको उनले बताए। अहिले अन्तर जिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन्।

उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन्। अहिले पनि साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायातलगायत माइक्रो र टेम्पुहरू सञ्चालनमा छन्। व्यवसायीहरूले लामो दूरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन्।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  २ : ५३ बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने