भोलिदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायी तयार « Khabarhub

भोलिदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायी तयार


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारको निर्णयअनुसार सोमबारदेखि सार्वजनिक सवारीसधान सञ्चालन गर्न व्यवसायीहरू तयार भएका छन्।

सरकारले असार २६ मा सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरू सञ्चालन गर्न तयार भएका हुन्।

आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरूले सोमबारदेखि यातायात सञ्चालन गर्ने बताएका छन्। विभागका महानिर्देशक गोगनबहादुर हमालले सोमबार बिहानदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने बताए।

सरकारी निर्णयअनुसार व्यवसायी र यातायात मजदुरहरूका प्रतिनिधिहरूसँगको छलफलपछि उनीहरू सञ्चालन गर्न तयार भएको उनले बताए। कोरोना भाइरस संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाइका साथ पालना गर्न पनि उनले आग्रह गरे।

सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीहरूले उठाउँदै आएका मागहरू मौद्रिक नीतिमार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताए।

नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा व्यवसायीहरूका अधिकांश मागहरू सम्बोधन भएको उनले बताए। अहिले अन्तर जिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन्।

उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन्। अहिले पनि साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायातलगायत माइक्रो र टेम्पुहरू सञ्चालनमा छन्। व्यवसायीहरूले लामो दूरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन्।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  २ : ५३ बजे

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले

सुरु भयो एसईई (तस्बिरहरू)

काठमाडौँ– यस वर्षको एसईई आजदेखि सुरु भएको छ । परीक्षा

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका

बालाजुको बाइसधारा मेला (तस्बिरहरू)

काठमाडौँ– चैत शूक्ल पूर्णिमा दिन आज ऐतिहासिक महत्व बोकेको काठमाडौँको

सिर्जनाको शरीरमा कसले लगायो आगो ? प्रहरीले अझै फेला पारेन सुराग

काठमाडौँ- चैत १४ गते शनिबार राति करिब १२ बजेतिर नेपालगञ्ज–१२