प्रभास र दीपिका एउटै फिल्ममा, दर्शक उत्साहित « Khabarhub

प्रभास र दीपिका एउटै फिल्ममा, दर्शक उत्साहित


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभास र बलिउड अभिनेत्री दीपिका पादुकोणले एउटै फिल्ममा काम गर्ने भएका छन् ।

यी दुईलाई एकसाथ दक्षिण भारतीय फिल्ममा देख्न पाइन भएको हो । फिल्मलाई नाग आश्विनले निर्देशन गर्नेछन् ।

दीपिकाले यो फिल्ममा काम गर्न पाउँदा आफू उत्साहित भएको सामाजिक सञ्जालमार्फत बताएकी छिन् । दक्षिण भारतीय सुपरस्टार प्रभास ‘बाहुबली’ सुपरहिट भएपछि थप चर्चामा छन् ।

प्रभास र दीपिकालाई एकसाथ पर्दामा देख्न पाउने भएपछि फ्यान पनि उत्साहित भएका छन् । भारतीय मिडियाका अनुसार फिल्मको काम आगामी वर्षदेखि थालिनेछ ।

यो फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा निर्माण गरिने जनाइएको छ । दीपिका पनि फिल्ममा अनुबन्ध भएपछि फिल्मको प्रतीक्षा थप बढेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ५ : २५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र