सेना, स्वास्थ्याकर्मीसहित पर्सामा ११७ जनामा कोरोना « Khabarhub

सेना, स्वास्थ्याकर्मीसहित पर्सामा ११७ जनामा कोरोना


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- बारा जिल्लास्थित श्री चण्डीनाथ गणका सेना, भारतीय महावाणिज्य दूतावासका महिला कर्मचारी तथा बयोधा अस्पतालका स्टाफसहित पर्सामा थप ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज स्थित प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जना महिलासहित थप ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोभिड अस्पतालका इन्चार्ज डा. निरज सिंहले जानकारी दिए ।

संक्रमित हुनेहरुमध्ये वीरगञ्जका वडा ५, १०, १२, १५, १६ तथा २५ का ९ जना छन् भने बहुदरमाई नगरपालिका वडा नं २, ३, ५ तथा ६ का ८१ जना छन् । यसैगरि नारायणी बयोधा अस्पतालको हाउस किपिंग डिपार्टमेन्टमा कार्यरत ५ जना तथा क्वालिटी डिपार्टमेन्टमा कार्यरत १ जनासहित ६ जना छन् ।

संक्रमण पुष्टि हुनेहरुमा जिराभवानी गाउँपालिका वडा नं २ का ३ जना तथा वडा नं ३ का १ जनासहित ४ जना छन् भने नगरदाहाका २ जना छन् । त्यसैगरी बैरियाबिर्ताका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. सिंहले जानकारी दिए ।

उनले वीरगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बारा जिल्लाका ८ जना कोरोना संक्रमण पुष्टि भएको बताए । जसमध्ये श्री चण्डीनाथ गणका नेपाली सेना ४ जना, कलैया उप-महानगरपालिका–१ का १ जना, जितपुरसिमरा नगरपालिकाका २ जना तथा प्रसौनी गाऊँपालिका – २ का १ जना रहेका छन । त्यसरीनै सप्तरी जिल्लाका पनि १ जनामा संक्रमण पुष्टि भएको डा. सिंहको भनाइ छ ।

वीरगञ्जमा मास तेस्टिङ्ग तथा एक घर एक पीसीआर परीक्षण अभियान संचालन गरेसँगै वीरगञ्जमा संक्रमण पुष्टि हुनेहरुको संख्यामा बृद्धि भएको थियो । त्यस पश्चात पर्साको ग्रामीण भेगका पालिकाहरुमा पनि पीसीआर परीक्षणको दायरा बढाएसँगै वीरगञ्ज महानगरपालिका बाहेकका अन्य स्थानी तहहरुको नागरिकहरुमा पनि संक्रमण पुष्टि हुनेको संख्यामा बृद्धि भएको हो ।

मंगलबार राति अबेरसम्म आएको पीसीआर रिपोर्ट अनुसार सबै भन्दा बढी बहुदरमाई नगरपालिकाका नागरिकहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुने ११७ जना मध्ये ८१ जना बहुदरमाई नगरपालिकाका मात्रै छन् भने बाँकी वीरगञ्ज महानगरपालिका लगायत बारा जिल्लाका रहेका छन् ।

उनीहरुमधे १ जना पर्सा जिल्लाको कालिकामाई गाऊपालिकाका पनि छ । संक्रमण पुष्टि हुनेहरु ७ बर्ष देखि ७० बर्ष उमेर समूहका रहेका छन् । मंगलबार राति १ सय जनामा संक्रमण पुष्टि भएसँगै पर्सा जिल्लामा संक्रमितको संख्या १ हजार ५ सय ८९ पुगेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ८ : १२ बजे

स्ट्रेट अफ हर्मुजमा ट्याङ्कर र व्यवसायिक जहाजमाथि गोलाबारी

काठमाडौं- स्ट्रेट अफ हर्मुजमा रहेको तेल ट्याङ्कर र व्यवसायिक जहाजलाई

सिक्टा सिँचाइ आयोजना : २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

राँझा– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना सुरु भएको

एक अर्ब ४७ करोड बढी राजस्व सकंलन

चितवन– गत आर्थिक वर्षमा भन्दा चालु आवमा एक अर्ब ४७

ट्रम्प धेरै बोल्छन् : इरानी उपविदेशमन्त्री

काठमाडौं- इरानी उपविदेशमन्त्री सइद खातिबजादेहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको निर्देशन, यी हुन् क्षेत्रहरू 

काठमाडौं– गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’