अछाम बाढी अपडेट : ६ जनाको शव भेटियो, ११ बेपत्ता « Khabarhub

अछाम बाढी अपडेट : ६ जनाको शव भेटियो, ११ बेपत्ता


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछामको कैलाशखोलामा आएको बाढीले बगाएर बेपत्ता भएका १७ जनामध्ये ६ जनाको शव भेटिएको छ । ११ जना अझै बेपत्ता छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार मंगलबार राति आएको बाढीमा बेपत्ता भएका ६ जनाको शव भेटिएको हो । उनीहरुको सनाखत हुन बाँकी रहेको उनले बताए ।

रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका कम्तीमा पनि ३० पसलहरु बाढीले बगाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा बाढीमा बेपत्ता भएकाहरुको खोजी जारी रहेको छ ।

 

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ११ : १९ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको