सीपीएल क्रिकेट :  सन्दीप लामिछाने सहभागी टिमको खेल आज « Khabarhub

सीपीएल क्रिकेट :  सन्दीप लामिछाने सहभागी टिमको खेल आज


३ भदौ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा आज नेपाली क्रिकेटर सन्दिप लामिछाने सहभागी टिम जमैका तलावाज र सेन्ट लुसिया जोउक्स भिड्दै छन् ।

ट्रीनिडाड एन्ड टोबेगोमा हुने जमैका र सेन्ट लुसियाबिचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ ।

सन्दीप रहेको जमैका आफ्नो पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । पहिलो खेलमा सन्दीपले प्लेइङ सेटमा स्थान बनाउने बलियो सम्भावना रहेको छ ।

जमैका रोव्मन पावेलको कप्तानीमा मैदान उत्रने छ भने सेन्ट लुसियाको कप्तानी ड्यारेन स्यामीले गर्ने छन् । तुलनात्मक रुपमा सेन्ट लुसिया माथी जमैका हाबी हुने देखिएको छ ।

जमैकाले सन्दीपलाई यस पटक ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको थियो ।

 

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  २ : ३९ बजे

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।