निर्वाचन आयोगमा दर्ता भयो नेकपा (एमाले) « Khabarhub

निर्वाचन आयोगमा दर्ता भयो नेकपा (एमाले)


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगमा नेकपा (एमाले) दर्ता भएको छ । नेकपाभित्र विवाद उत्पन्न भइरहेका बेला दल दर्ताको निवेदन परेसँगै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउन दल दर्ता गर्न खोजेको भन्दै शीर्ष नेताहरुले विरोध जनाएका थिए ।

दलले गत असारमा सन्ध्या तिवारी अध्यक्ष रहने गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । उक्त दर्तापछि नेकपाभित्र थप विवाद उत्पन्न भएको थियो ।

निर्वाचन आयोगले उक्त नामको पार्टीलाई वैधता दिएको हो ।

नेकपाका अध्यक्ष प्रचण्डले यो पार्टी अर्का अध्यक्ष केपी शर्मा ओलीको इशारामा दर्ता हुन लागेको बताएका थिए ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल दर्ता गर्ने निर्णय भएको जानकारी दिए । पार्टीका तर्फबाट निर्वाचन आयोगमा बुझाइएका कागजपत्रका आधारमा हस्ताक्षर प्रमाणित भएपछि आयोगले दल दर्ता गर्ने निर्णय गरेको हो ।

नवगठित पार्टी नेपालको १३२ औं पार्टी बनेको छ । उक्त दलमा अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ४ : २७ बजे

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान

गत आवमा सात खर्ब २० अर्बको घरजग्गा कारोबार

काठमाडौं– गत आर्थिक वर्षमा सात खर्ब २० अर्ब ८६ करोड

‘शताब्दी घर’मा लाखेको बिदाइ !

गण्डकी– तीज पर्वसँगै नेवार समुदायमा भदौरे जात्राको मैजारो भएको छ