‘आयोगको नेतृत्व, सबैको दायित्व’ भन्ने अवधारणा अघि बढाउँछौँ : निर्वाचन आयोग « Khabarhub

‘आयोगको नेतृत्व, सबैको दायित्व’ भन्ने अवधारणा अघि बढाउँछौँ : निर्वाचन आयोग


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले निर्वाचन तथा नागरिक शिक्षा जनशक्तिको क्षमता विकासका लागि तयार भएका श्रोत सामग्रीको अधिकतम उपयोग गरी स्थानीय सरकार र सबै साझेदार संस्थासँग सहकार्य गर्ने नीति अघि सारेको छ ।

आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्यक्रमको समीक्षामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका सबै चरणमा निर्वाचन सरोकारवालाको महत्वपूर्ण संलग्नताका लागि सहकार्य आवश्यक रहेको बताए ।

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण ‘भर्चुल’ माध्यमबाट आयोजना गरिएको समीक्षामा आयोग पदाधिकारी, कर्मचारीका साथै ७७ जिल्ला निर्वाचन अधिकारी र विकास साझेदार संस्थाका प्रतिनिधि सहभागी थिए ।

पाँच दिने उक्त समीक्षाबाट निर्वाचनमा ‘आयोगको नेतृत्व, सबैको दायित्व’ भन्ने अवधारणाका साथ अघि बढ्ने निष्कर्ष निकालिएको छ ।

समीक्षामा गत आर्थिक वर्ष २०७६/७७ मा सञ्चालित वार्षिक कार्यक्र र क्रियाकलापको कार्यान्वयनको अवस्था, वार्षिक बजेट तथा खर्चको विवरण, कार्यक्रम कार्यान्वयनमा देखिएका मुख्य समस्या, समाधानका लागि गरिएका प्रयास, आयोगको सचिवालयसँग गरिएको अपेक्षालगायत विषयमा गहन छलफल भएको थियो ।

जिल्ला निर्वाचन कार्यालयका लागि कार्यालय भवन प्राप्त गर्ने, मतदान केन्द्र निर्धारण मापदण्ड तर्जुमा र कार्यान्वयन, आयोगको स्मारिका प्रकाशनलगायत विषय पनि बृहत्तर छलफल भएको थियो । जिल्ला निर्वाचन कार्यालयको कार्य सम्पादनस्तर सन्तोषजनक रहेको समीक्षाबाट निचोड निकालिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ९ : ०४ बजे

कांग्रेस महाधिवेशनमा उम्मेदवारी शुल्क : वडा सदस्यलाई ५००, केन्द्रीय सभापतिलाई ४० हजार रूपैयाँ

काठमाडौं – नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनका लागि तल्लो निकाय

जलवायु चुनौतीको समाधानमा साझा संकल्प आवश्यक : मन्त्री चौधरी

मुस्ताङ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका

शर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : इरान 

तेहरान- इरानले आफ्ना शर्त पूरा नभएसम्म संयुक्त राज्य अमेरिकासँग कुनै पनि

ट्रम्पको आग्रहपछि युक्रेनका ऊर्जा केन्द्रमा आक्रमण रोक्ने रूसको संकेत

किएभ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई  संयमता अपनाउन आह्वान

बाढी पीडितिबारे रास्वपाकै सांसद भन्छन् : सरकारले के गर्छ ? कहाँ जान्छ ? के भन्छ ? हेर्न बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले भदौ १०