पश्चिम बङ्गाल र केरलाबाट अल कायदा सम्बद्ध ९ जना पक्राउ « Khabarhub

पश्चिम बङ्गाल र केरलाबाट अल कायदा सम्बद्ध ९ जना पक्राउ


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतको आतंकवाद विरोधी राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले शनिबार भारतको दक्षिणी र पूर्वी राज्यहरू केरला र पश्चिम बङ्गालबाट अलकायदा सम्बद्ध केही व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।

एनआईएले ९ व्यक्तिलाई पक्राऊ गरिएको बताउँदै ती सबै व्यक्ति अल कायदासँग सम्बद्ध रहेको दावी गरेको छ ।

एनआईएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आज बिहान सबेरै एनआईएले एर्नाकुलम (केरला) र मुर्शिदाबाद (पश्चिम बङ्गाल) मा धेरै ठाउँमा एकसाथ छापा मारेको थियो । जसमा अल कायदा समूहसँग सम्बन्धित नौ जनालाई पक्राउ गरिएको छ ।”

पश्चिम बङ्गाल र केरलालगायत भारतका विभिन्न स्थानहरूमा अल कायदा समूहको अन्तर–राज्य सञ्जाल रहेको गोप्य जानकारीपछि उनीहरूलाई पिछा गरिएको थियो ।

“यो समूहले निर्दोष मानिसहरूको हत्या गर्ने तथा भारतका प्रमुख प्रतिष्ठानहरूमा आतङ्कवादी हमला गर्ने योजना बनाइरहेको विज्ञप्तिमा बताइएको छ ।

९ मध्ये ६ जना पश्चिम बङ्गाल र तीन जना केरलाबाट पक्राउ परेका थिए । पक्राउ परेका व्यक्तिलाई केरला र पश्चिम बंगालको प्रहरी हिरासतमा लिई सम्बन्धित अदालतमा थप अनुसन्धानको लागि पेश गरिने बताइउको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ८ : २५ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल