भियतनाममा पहिरोले पुरिएर ११ सैनिकको मृत्यु, ११ जना बेपत्ता | Khabarhub Khabarhub

भियतनाममा पहिरोले पुरिएर ११ सैनिकको मृत्यु, ११ जना बेपत्ता


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मध्य भियतनाममा पहिरोमा पुरिएर ११ सैनिकको मृत्यु भएको छ । अन्य ११ जना वेपत्ता भएका छन् ।

एक सातादेखिको भारी वर्षापछि कराङ ट्राइ प्रान्तमा रहेको एक सैन्य स्टेशनको ब्यारेकमा पहिरोले २२ सैनिकलाई पुरेको हो । त्यसमध्ये ११ को शव फेला परेको बताइएको छ ।

भियतनामको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार बाढी र पहिरोमा एक सातामा मात्रै त्यहाँ कम्तिमा ६४ व्यक्तिको मृत्यु भएको छ ।

सेनाका जनरल स्टाफका चीफ लेफ्टिनेन्ट जनरल फान भान ग्यानले त्यस क्षेत्रमा अझ पहिरो जान सक्ने चेतावनी दिँदै उद्धारकर्मीहरूले त्यस ठाउँमा पहुँचका लागि सुरक्षित मार्ग खोज्नु पर्ने बताएका छन् ।

कम्बोडिया र भियतनाममा पछिल्लो साता व्यापक वर्षा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ६ : ३९ बजे

तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने

काठमाडौं– तिहार पर्वको बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म

घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन

म्याग्दी– घुम्ती गोठमा पशुपालन गर्ने म्याग्दीका किसानहरूले सुरक्षा र सहयोगका

तिहारमा पटाका पड्काउनेलाई कारवाही हुने

काठमाडौं– तिहारमा पटाका पड्काउनेलाई प्रहरीले कारवाही गर्ने बताएको छ ।

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

महेन्द्रनगर– जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा आज  एक वृद्धको मृत्यु भएको

खाँदबारीबाट जुवातास खेलिरहेका सात जना पक्राउ

किमाथांका– सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट जुवातास खेल्ने सात जना पक्राउ परेका