टीभीएसले खोल्यो एकै पटक १२ शोरुम « Khabarhub

टीभीएसले खोल्यो एकै पटक १२ शोरुम


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालकालागि टीभीएसको आधिकारीक बितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो सेवा विस्तारका क्रममा एकै पटक १२ वटा नयाँ शोरुमको उद्घाटन गरेको छ ।

कम्पनीले नेपालीको महान चाड बडादशैँको विशेष अवसरको समय पार्दै घटस्थापनाको साइतमा यी नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो ।

कार्तिक १ गते घटस्थापनामा काठमाडौंको महालक्ष्मी स्थान, सानोभर्याङ, महाराजगञ्ज सहित बनेपा, नेपालगञ्ज, कावासोती, तुलसीपुर, फत्तेपुर, भण्डारा, त्रिशुली, उर्लाबारी र अर्घाखाचीमा नयाँ शोरुम थपिएका छन् । यी शोरुमसहित अब देशभरमा टीभीएसका १३२ वटा शोरुम पुगेका छन् ।

नयाँ शोरुम सञ्चालनमा आएको अवशरमा कम्पनीका भाइस प्रेसिडेन्ट दिपककुमार अग्रवालले भने, ‘आजबाट टीभीएसको थ्रीएस (सेल्स, सर्भिस, स्पेर्स पार्टस) सहितका यी नयाँ शोरुममार्फत नेपालको सबै स्थानमा टीभीएसको प्रोडक्ट पूगेको छ । नेपालमा हरेक वर्गलाई उपयुक्त हुने १०० सीसीदेखि ३०० सीसी माथिका मोटरसाइकल र स्कुटरहरुको साथले हामी अझै नेपाली ग्राहकहरुको जीवनको अभिन्न अंग बन्नेमा बिश्वस्त लागेको छ । अब ‘एक घर एक टीभीएस‘ मात्रहोइन ‘एक व्यक्ति एक टीभीएस’ बनाउने लक्ष्यका साथ हामीलाई अगाडि बढ्नमा यी नयाँशोरुमले अझ मद्दत पूर्याउने छ ।’

अहिले टीभीएसले अपाचे सिरिज, स्टाइकर, रेडन लगायतका मोडल बिक्री गर्दै आएको छ भने एनटर्क, ज्यूपिटर र वीगो जस्ता स्कुटर विभिन्न भेरियन्टमा बिक्री गर्दै आएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १ : ४८ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा