टिभिएसले एकैपटक सञ्चालनमा ल्यायो १२ नयाँ शोरुम « Khabarhub

टिभिएसले एकैपटक सञ्चालनमा ल्यायो १२ नयाँ शोरुम


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि टिभिएसको आधिकारीक बितरक जगदम्बा मोटर्सले सेवा विस्तारका क्रममा एकैपटक १२ वटा नयाँ शोरुम सञ्‍चालनमा ल्याएको छ ।

कम्पनीले बडा दशैंको अवसर पारेर यी शोरुम सञ्‍चालनमा ल्याएको हो ।

काठमाडौंको महालक्ष्मी स्थान, सानोभर्याङ, महाराजगञ्ज सहितबनेपा, नेपालगंज,कावासोती, तुलसीपुर, फत्तेपुर, भण्डारा, त्रिशुली, उर्लाबारी र अर्घाखाचीमा नयाँशोरुम थपिएको कम्पनीले जनाएको छ । यी शोरुमसहित देशभरमा टिभिएसका १३२ वटा शोरुम पुगेका छन् ।

नयाँशोरुम संचालनमा आएको अवसरमा कम्पनीका भाइस प्रेसिडेन्ट दिपककुमार अग्रवालले टिभिएसको थ्रीएस (सेल्स, सर्भिस, स्पेर्स पार्टस) सहितका सेवा नयाँ शोरुममार्फत नेपालको सबै स्थानमा टिभिएसको प्रोडक्ट पुगेको बताए ।

टिभिएसले १०० सीसीदेखि ३०० सीसी माथिका मोटरसाइकल र स्कुटरहरुको विक्री वितरण गर्दै आएको छ ।

‘एक घर एक टिभिएस‘ मात्र होइन ‘एक व्यक्ति एक टिभिएस’ बनाउने लक्षका साथ अगाडि बढेको उनले बताए ।

टिभिएसले अपाचे सिरिज, स्टाइकर, रेडन लगायतका मोडल एवं एनटर्क, ज्यूपिटर र वीगो जस्ता स्कुटर विभिन्न भेरियन्टमा बिक्री गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ६ : २५ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर